धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

विशेष केन्द्रिय समितिको बैठक सम्पन्न

७ मङ्सिर २०७७ (आइतबार) । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको विशेष केन्द्रिय समितिको बैठक महासंघका बरिष्ठ सहअध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीको अध्यक्षतामा भिडियो कन्फ्रेन्सिंग एप जूम मार्फत सम्पन्न भएको छ ।

सचिवालय संयोजक रेभ. पा. प्रेम कार्कीले विषय वस्तुको जानकारी गराउनु भएको थियो । सहअध्यक्ष तथा विदेश विभाग प्रमूख रीता थापा मगर काबोले प्रवासी तथा गैह्र आवासिय विभागले २०७७ मङ्सिर १२ गते दोस्रोे अन्तराष्ट्रिय शिखर सम्मेलन आयोजना गर्न लागेका जानकारी गराउनुको साथै वृहत सहभागिताको लागि प्रचार प्रसारको अपिल गर्नुभयो भने कानूनी सल्लाहाकार अधिवक्ता पा. बुद्ध घिसिङ्गले गैह्र आवासिय समन्वय विभानको केहि निर्देशिका परिमार्जन गर्न प्रस्ताव राख्नुको भएको थियो । सहअध्यक्ष तथा संघठन विभाग र प्रदेश नं ५ प्रमूख पा. टेक विक्रम हिताङ्गले राष्ट्रिय ख्रीष्टियन महासंघको संगठन विस्तारको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । उपमहासचिव पा. धनराज घिमिरेले २०७८ सालको जनगणनाको सचेतना अभिवृद्धि र नेपाली ख्रीष्टियन समूदायको सर्वेक्षणको विषयमा प्रस्तिुति दिनुभएको थियो ।

प्रस्तावित छलफल माथि दोस्रोे अन्तराष्ट्रिय शिखर सम्मेलनलाई सफल गराउन प्रत्येक प्रदेशबाट कम्तिमा ५० को सहभागिता गराउनु पर्ने र बृहत सहभागिता गराउन आ-आफ्नो क्षेत्रबाट प्रार्थना सहित प्रयास गर्ने, गैह्र आवासिय समन्वय विभानको केहि निर्देशिका परिमार्जन गर्न गरेको प्रश्ताव अनुमोदन गरियो भने केन्द्रिय सदस्य मोनिका तामाङ्गलाई प्रार्थना विभागको संयोजक पदमा सर्वसम्मतिले मनोनयन गरियो ।

बैठकको संचालन उपमहासचिव तथा प्रवक्ता उद्धव चिमोरियाले गर्नुभएको थियो भने सुरुको प्रार्थना मण्डली समन्वय विभाग प्रमूख रेभ. पा. सोनाम काबोले गर्नुभएको थियो । आराधनाको अगुवाइ सहसचिव चित्ररेखा ओझाले गर्नुभयो भने सचिव ए. विष्णु परियारले बैठकमा उपस्थित सम्पूर्ण पदअधिकारीहरुलाई स्वागत गर्नुभएको थियो । बरिष्ठ सहअध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीले बैठकमा सहभागिहरुलाई धन्यवाद दिएर अन्तिम प्रार्थनाद्वारा कार्यक्रम समापन गर्नुभएको थियो ।

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd