धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

विशेष केन्द्रिय समितिको बैठक भिडियो कन्फ्रेन्सिंग एप जूम मार्फत सम्पन्न

राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको विशेष केन्द्रिय समितिको बैठक महासंघका अध्यक्ष सी.बी गहतराजको अध्यक्षतामा २८ भाद्र २०७७ (आइतबार) भिडियो कन्फ्रेन्सिंग एप जूम मार्फत सम्पन्न भएको छ । बैठकमा महासंघका अध्यक्ष, बरिष्ठ सहअध्यक्ष तथा विशेष केन्द्रिय समितिको पदाअधिकारीहरुको उपस्थिती रहेको थियो ।

सचिवालय संयोजक पा. प्रेम कार्कीले सचिवालयको कार्य प्रगति विवरण तथा विषय वस्तुको जानकारी गराउनु भएको थियो । बरिष्ट सह–अध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीले मनोनयन सम्बन्धमा प्रस्ताब गर्नुभएको थियो । कोषाध्यक्ष सुशिला खड्काले आर्थिक विवरण प्रस्तुत गर्नुभएको थियो । उपाध्यक्ष तथा केन्द्रिय महिला विभाग प्रमूख डोमा राईले महिला विभाग सम्बन्धमा जानकारी गराउनु भएको थियो । उपमहासचिव पा. धनराज घिमिरेले २०७८ सालको जनगणनाको सचेतना अभिवृद्धि र नेपाली ख्रीष्टियन समूदायको सर्वेक्षणको विषयमा प्रस्तुति दिनुभएको थियो । कानुनि सल्लाहाकार अधिवक्ता पा. बुद्ध घिसिङ्गले सर्वेक्षणको विषयमा कानुनी मुल्य, मान्यता र आवश्यकता बारेमा प्रश्ट्याउनु भएको थियो भने सहअध्यक्ष तथा ५ नं प्रदेश प्रमूख पा. टेक विक्रम हिताङ्गले राष्ट्रिय ख्रीष्टियन महासंघको संगठन विस्तारको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तावित छलफल माथि सह–अध्यक्ष, प्रदेश प्रमुखहरु र विभागिय प्रमुखहरुले आ–आफ्नो धारणा राख्नुभएको थियो । उक्त छलफल पछि सल्लाहाकार रेभ. पा. सोनाम काबोलाई विशेष केन्द्रिय समितिको सदस्य तथा मण्डली समन्वयन विभाग प्रमूखमा सर्वसम्मतिले मनोनयन गरिएको छ । असोज ३ गते संविधान दिवसको अवसरमा वृहत प्रार्थना सातै ओटा प्रदेशमा छुट्टाछुट्टै तर एकै समयमा भिडियो कन्फ्रेन्सिंग एप जूम मार्फत आयोजना गर्ने निर्णय गर्नुको साथै असोज ११ गते वृहत साधारण सभा गर्ने निर्णय गरिएको छ । सचेतना अभिवृद्धि अभियान तथा नेपाली ख्रीष्टियन समूदायको सर्वेक्षण राष्ट्रिय ख्रीष्टियन महासंघले नै वैधानिक तवरले आफै संचालन गर्ने सर्वसम्मतिले निर्णय गरिएको छ ।

बैठकको संचालन उपमहासचिव तथा प्रवक्ता रेभ. पा. उद्धव चिमोरियाले गर्नुभएको थियो भने सुरुको प्रार्थना उपाध्यक्ष तथा ७ नं प्रदेश प्रमूख पा. जितेन्द्र ताम्राकारले गर्नुभएको थियो । आराधनाको अगुवाई सहसचिव चित्ररेखा ओझाले गर्नुभएको थियो । सह अध्यक्ष अधिवक्ता रीता थापा मगरले बैठकमा उपस्थित सम्पूर्ण पदाअधिकारीहरुलाई स्वागत गर्नुभएको थियो । महासंघ अध्यक्ष सी.बी. गहतराजले बैठकमा सहभागिहरुको जिज्ञासा र प्रश्नको जवाफ दिनुभई बैठकको समापन गर्नुभएको थियो भने अन्तिम प्रार्थना रेभ. डा. फिलेमोन खड्का क्षेत्रीले गर्नुभएको थियो ।

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd