धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

विशेष कार्यकारी समिति (प्रदेश प्रमुखहरु समेत) को बैठक सम्पन्न

२२ असोज २०७५ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको विशेष कार्यकारी समिति तथा प्रदेश प्रमुख समेतको बैठक अध्यक्ष सि.बि. गहतराजज्यूको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकमा महासंघको विविध विषयहरुमा व्यापक छलफल भएको थियो ।

महासंघका केन्द्रिय सदस्य पा. श्याम नेपालीज्यूको प्रार्थनाबाट बैठक शूरुभएको थियो भने उपमा–सचिव पा. उद्धव चिमोरियाज्यूले बैठक संचालन गर्नुभएको थियो । आराधानामा केन्द्रिय सदस्य पा. लाजरस रसाईलीज्यूले अगुवाई गर्नुभएको थियो ।

बैठकमा व्यवस्थापन समितिका संयोजक तथा महासंघका सह–अध्यक्ष पा. तेजमान तामाङ्गज्यूले कार्यालय व्यवस्थापनमा भएको प्रगतिका बारेमा बैठकलाई जनाकारी गराउनुभएको थियो ।

त्यसैगरी महासंघका सदस्य सचिव पा. धनराज घिमिरेज्यूले आ.व. २०७४÷७५ को प्रगति प्रतिवेदन तथा आ.व. २०७५÷७६ को लागि नीति तथा कार्यक्रमका साथै अनुमानित बजेट प्रस्तुत गनुभएको थियो । प्रस्तुत गरिएका प्रतिवेदन, नीति तथा कार्यक्रमका साथै अनुमाति बजेटका बारेमा सामान्य छलफल गरी आगामी राष्ट्रिय सभामा पेश गर्ने निर्णय बैठकले गरेको छ । प्रस्तुत प्रतिवेदन, नीति तथा कार्यक्रम र बजेटबारे सुझाव दिनका लागि पनि अनुरोध गरिएको छ ।

यस वर्ष (२०१८) को वडा दिन (ख्रीष्टमस) २०७५ पौष १० तदानुसार डिसेम्बर २५, २०१८ तारिखका दिन दिउँसो ३ बजे राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा र सातै प्रदेश तथा जिल्लाहरुमा समेत आयोजना गर्ने निर्णय गरेको छ । महासंघका वरिष्ठ सह–अध्यक्ष रेभ.डा. फिलोमन क्षेत्रीज्यूको संयोजकत्वमा २२ सदस्य ख्रीष्टमस २०१८ मुल–आयोजक समिति गठन गरिएको छ । ख्रीष्टमस कै अवसरमा साता व्यापीरुपमा मोटरसाइकल ¥याली तथा शुभकामना आदन–प्रदान कार्यक्रमहरु पनि गरिने छ । ख्रीष्टमस मुल आयोजक समितिमा निम्न पदाधिकारीहरु चयान गरिएको छः

मुलआयोजक समितिः

१. सह–अध्यक्षः पा.डा. फिलोमन क्षेत्री ः संयोजक

२. सह–अध्यक्षः पा. तेजमान तामाङ ः अन्तरधार्मिक समन्वाय संयोजक

३. उपाध्यक्ष तथा महिला विभाग प्रमुखः डोमा राई ः महिला कार्यक्रम संयोजक

४. सचिवः ए. सुनिल कुमार तामाङ ः मोटरसाईकल ¥याली संयोजक

५. उपमहा–सचिव पा. उद्धव चिमोरिया ः कार्यक्रम व्यवस्थापन संयोजक

६. केन्द्रिय सदस्य तथा प्रार्थना विभाग प्रमुखः देउमाया तामाङ ः कोयर संयोजक

७. अध्यक्ष सि.बि.गहतराज, सहअध्यक्ष डा. सरिता थापा, रिता काबो ः ख्रीष्टिमस विदा पहल तथा सरकारी र अन्य अतिथि व्यवस्थापन

८. मुकेश मोक्तान ः स्वयसेवक तथा सेविका व्यवस्थापन संयोजक

९. केन्द्रिय सदस्यः पा. प्रेम कार्की ः अर्थ व्यवस्थापन संयोजक

१०. केन्द्रिय सदस्यः गनेश तामाङ ः छापा तथा प्रकाशन व्यवस्थापन संयोजक

७. केन्द्रिय सदस्यः पा. प्रकाश विसुन्के ः प्रचार तथा मिडिय संयोजक

प्रचार तथा मिडियका समितिका सदस्यहरुः

किर्तिपुरः पा. ख्रीष्टभक्त महर्जन, ललितपुरः पा. दानियल घले र पा. प्रेम कार्की

जोरपाटीः पा. गनेस तामाङ र पा. राजु लामा, बालाजुः पा. केशव थापा

बुडानिल्कठः पा. बुद्धिमान श्रेष्ठ, भक्तपुरः पा. सिलास वि.क, गोदावरीः पा. प्रेम खत्री

ख्रीष्टमस कार्यक्रममा सम्पूर्ण नेपाली ख्रीष्टियन÷ मण्डलीहरुलाई हर्षोल्लासका साथ सहभागि हुन महासंघले हार्दिक अनुरोध तथा अपिल गरेको छ । त्यसै गरी महासंघको चौथो राष्ट्रिय भेला यही मंसिर ३ गतेका दिन विहान ११ बजे, राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा गर्ने निर्णय पनि बैठकले गरेको छ । राजिनामाका विषयमा पनि बैठकमा वृहत छलफल भएको थियो र महासंघको विधान २०६८ को परिच्छेद ८ को धारा ४५ को १ बमोजिम सर्वसम्मतिका साथ सबैको राजिनामा स्वीकृत गरेको छ । उहाँहरुले पदमा रहेर गरेको योग्दानलाई बैठकले धन्यवाद तथा उच्च सम्मान पनि गरेको छ ।

त्यसैगरी महासंघको विधान २०६८ को धारा ४६ को उपधारा ३ अनुसार रिक्त रहेका केही पदहरुमा पदपुर्ति पनि बैठकले सर्वसम्मतिका साथ गरेको छ । सहकोषाध्यक्ष शुसिला खड्कालाई कोषाध्यक्षमा, केन्द्रिय सदस्य पा. गोमा राई (आशा)लाई सह–कोषाध्यक्षमा र ललितपुर जिल्ला सचिव पा. पे्रम कार्कीलाई केन्द्रिय सदस्यमा मनोनयन गरिएको छ । समय सापेक्ष तथा नेपालको नयाँ संरचनानुसार विधान संशोधन तथा आवश्यक सुझाव आगामी राष्ट्रिय भेलामा पेश गर्ने गरी उपाध्यक्ष भविन्द्र राईको संयोजकत्वमा ३ सदस्य समिति पनि गठन गरेको छ ।

सबै नेपाली ख्रीष्टियनहरुको पहिचान, अस्तित्व तथा अधिकारका लागि महासंघ कटिबद्ध रहेको र सबै सदस्य तथा अन्य मण्डली र सम्पूर्ण नेपाली ख्रीष्टियन दाजुभाई दिदीबहिनीहरुलाई ढुक्क भई निरन्तर प्रार्थनाका साथै महासंघमा आबद्ध वा सहभागी हुन पनि बैठकले आव्हान गरेको छ ।

अध्यक्षज्यूको धन्यवाद ज्ञापन तथा वरिष्ठ सह–अध्यक्ष रेभ. डा. फिलोमन क्षेत्रीज्यूको अन्तिम प्रार्थना सहित बैठक समापन गरिएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd