धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

विशेष कमिटीको बैठक सम्पन्न

राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको विशेष कमिटीको बैठक २३ श्रावण २०७७ (शुक्रबार) भिडियो कन्फ्रेन्सिंग एप जूम मार्फत सम्पन्न भएको थियो । बैठकमा महासंघका अध्यक्ष, सह–अध्यक्षहरु, प्रदेश प्रमुखहरू र केन्द्रिय सदस्यहरुको उपस्थिती रहेको थियो ।

उपमहासचिव तथा प्रवक्ता रेभ.उद्धव चिमोरियाले कैलाली घटना र सचिवालय व्यवस्थापनको विषय बैठकमा प्रस्तुत गर्नुभएको थियो । प्रस्तावित छलफलमाथि सह–अध्यक्ष, प्रदेश प्रमुखहरु र केन्द्रिय सदस्यहरुले आ–आफ्नो धारणा राख्नुका साथै कैलाली घटनाको सम्बन्धमा समिक्षा गरियो । त्यसैगरी केन्द्रिय सचिव पाष्टर प्रेम कार्कीलाई सचिवालयको संयोजक पदमा सर्वसम्मतिले मनोनयन गरियो ।

बैठकको संचालन उपमहासचिव पाष्टर धनराज घिमिरेले गर्नुभएको थियो भने सुरुको प्रार्थना महासंघका सह–अध्यक्ष पाष्टर तेजमान तामाङ्गले गर्नुभएको थियो ।

महासंघ अध्यक्ष सी.बी. गहतराजले बैठकमा सहभागिहरुको जिज्ञासा र प्रश्नको जवाफ दिनुभएको थियो । वरिष्ठ सह–अध्यक्ष रेभ.डा. फिलेमोन खड्का क्षेत्रीले प्रार्थनाद्वारा बैठकको समापन गर्नुभएको थियो ।

   

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd