धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

लुम्बिनी प्रदेशको प्रथम अधिवेशन सम्पन्न

लुम्बिनी प्रदेशको प्रथम अधिवेशन महासंघका सहअध्यक्ष तथा लुम्बिनी प्रदेश प्रमूख पा. टेक विक्रम हिताङ्गको अध्यक्षता र केन्द्रिय अध्यक्ष सी.बी. गहतराजको प्रमुख आथित्यमा ९ जेठ २०७८ (आइतबार) भिडियो कन्फ्रेन्सिंग एप जूम मार्फत सम्पन्न भएको छ । सुरुको प्रार्थना केन्द्रिय सदस्य पा. खुम प्रसाद श्रृष्ठले गर्नु भएको थियो भने आराधनाको अगुवाई पा. दानिएल शाहीले गर्नु भएको थियो । केन्द्रिय बरिष्ठ सहअध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीले बाइबलको विभिन्न खण्डबाट उत्साहपूर्ण वचन बाँड्नुको भएको थियो । अधिवेशनमा केन्द्रिय पदाधिकारीहरु, लुम्बिनी प्रदेश पदाधिकारीहरु, विभिन्न प्रदेश प्रमुखहरु, पाष्टर, अगुवा तथा विश्वासीहरुको बृहत सहभागिता रहेको थियो ।

अध्यक्ष सी.बी. गहतराजले व्यानर वाचन गरेर भेलाको उद्घाटन गर्दै महासंघको दर्शन, मिशन र महासंघको भावि योजनाको विषयमा प्रस्ट्याउनु भएको थियो भने प्रदेश सहसचिव पा. रुप घिमिरेले सांघठनिक प्रतिबेदन पेश गर्नु भएको थियो । सहअध्यक्ष तथा प्रदेश प्रमूख पा. टेक विक्रम हिताङ्गले सबैलाई धन्यवाद दिँदै लुम्बिनी प्रदेश समिति विघठन भएको घोषणा गर्नु भएको थियो ।

 

भेलाका अध्यक्ष मण्डलको अध्यक्षता अध्यक्ष सी.बी. गहतराज र निर्वाचन मण्डलको अध्यक्षता कानुनी सल्लाहाकार अधिवक्ता बुद्ध घिसिङ्गले गर्नुभएको थियो । निर्वाचन मण्डलमा मण्डली समन्वय विभाग प्रमुख रेभ. पा. सोनाम काबो र केन्द्रिय प्रार्थना विभाग संयोजक मोनिका राई रहने गरि गठन भएको थियो । सो निर्वाचन मण्डलले लुम्बिनी प्रदेशको ३१ सदस्सीय निम्न बमोजिमको पदअधिकारीहरु जसमा १. प्रमुख ए. बिष्णु परियार २. सहप्रमुख पा प्रवजन शाही, बाके, ३. सचिव पा. पिटर (पोम) नेपाली, प्युठान ४. सहसचिव पा. नवराज क्षेत्री, दाङ ५. कोषाध्यक्ष पा. भुप बहादुर घर्ती मगर, दाङ ६. सह कोषाध्यक्ष पा. राजमान श्रेष्ठ, नवलपरासी ७. सदस्य पा. तिमोथी सेवा, पाल्पा ८. सदस्य पा टोप बहादुर जर्गा, पाल्पा ९. सदस्य पा. प्रकाश ज.व.रा, दाङ १०. सदस्य माया बराल, दाङ ११. सदस्य झुपा भण्डारी, दाङ १२. सदस्य तथा प्रचार प्रसार विभाग प्रमुख जे.बि दर्लामी, अर्घाखाँची १३. सदस्य मनिष सिह, अर्घाखाँची १४. सदस्य तथा महिला विभाग उपप्रमुख आशा परियार, अर्घाखाँची १५. सदस्य पा चन्द श्रेष्ठ , गुल्मी १६. सदस्य पा पदम पुन, गुल्मी १७. सदस्य तथा प्रचार प्रसार विभाग उपप्रमुख गीर जोन सुनार, प्युठान १८. सदस्य पा अशोक शाक्य, रुपन्देही १९. सदस्य तथा महिला विभाग प्रमुख पा. चन्द्रा खाति, रुपन्देही २०. सदस्य शान्ति हिङ्गवाङ, रुपन्देही २१. सदस्य तथा युवा विभाग प्रमुख पा. कमल सुनुवार, उपप्रमुख पा. दानियल शाही र सचिव अशोक कुमार यादव २२. सदस्य पा. जीवन कैेशल, रुपन्देही २३. सदस्य पा. राम बहादुर थापा, नवलपरासी २४. सदस्य ः पा शमुएल चौधरि, कपिलवस्तु २५. सदस्य डि. धन बहादुर परियार, कपिलवस्त २६. सदस्य तथा महिला विभाग सचिव रेखा चौधरी, कपिलवस्तु २७. सदस्य पा. दानियल शाही, बाके २८. सदस्य पा. रेशम गुरुङ , बर्दिया २९. सदस्य पा. कृष्ण शाही, बर्दिया ३०.सदस्य पा. जीवन कौशल र ३०. सदस्य पा. कमल सुनुवार, केन्द्रिय सदस्य पा. सुरज थापालाई लुम्बिनी प्रदेश प्रार्थना विभाग प्रमुख, केन्द्रिय सदस्य पा. महाराजिय महत्तो लाई उपप्रमुख, केन्द्रिय सदस्य पा. रुप घिमिरेलाई संघठन विभाग प्रमुख र पा. सुमन दर्लामीलाई उपप्रमुखमा सर्बसम्मतीले चयन भएको निर्वाचन मण्डलको अध्यक्ष अधिवक्ता बुद्ध घिसिङ्गले घोषणा गर्नु भएको छ । नव निर्वाचित पदअधिकारीहरुलाई अध्यक्ष सी.बी गहतराजले उपस्थित सबै पदअधिकारीहरुको सामु प्रतिज्ञा वाचन गराउदै वधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो भने बरिष्ठ सहअध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीले पदअधिकारीहरुको लागि आशिर्बादको प्रार्थना गर्नुभएको थियो ।

संचालन प्रदेश सचिव पा. बिनाराम बैजालीले गर्नुभएको थियो भने भने केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश प्रार्थना संयोजक पा. सुरज थापाले स्वागत गर्नुभएको थियो । नव नियुक्त पदाधिकारीहरुलाई केन्द्रिय सदस्य पा. देबु गिरी, महासंघको लुम्बिनी प्रदेशको सल्लाहाकार पा. नर बहादुर शाह, उपाध्यक्ष तथा बागमती प्रदेश संयोजक रेभ. पा. कृष्ण परियार, उपमहासचिव तथा प्रवक्ता उद्धव चिमोरिया, सहअध्यक्ष तथा अन्तराष्ट्रिय विभाग प्रमुख रीता थापा मगर काबोले शुभकामना तथा बधाई ज्ञापन गर्नु भएको थियो भने नव निर्वाचित प्रदेश प्रमूख ए. विष्णु परियारले महासंघको उद्धेश्य र विधान बमोजिम आफूले पाएको जिम्मेवा।्रीको उच्च सम्मान गर्दै प्रतिज्ञा गरे बमोजिम तन, मन, धन र वचनले लागि पर्ने घोषणा गर्दै कोरोनाको महामारीमा परी ज्यान गुमाउनु भएका पाष्टर, अगुवा तथा विश्वासीहरुलाई समवेदना प्रकट गर्दै शोक प्रश्ताव सहभागिको अनुमतिमा पारित गर्नुभएको घोषणा गर्नुका साथै महासंघको ११ बुदें घोषणा पत्रलाई आगामि कार्ययोजना बनाई यथासिघ्र अघि बढ्ने र तत्काल कानुनी साक्षरता कार्यक्रम आयोजना गर्ने घोषणा गर्नुभयो ।

पूर्व प्रदेश प्रमुख पा. टेक विक्रम हिताङ्ग लगाएतका पदअधिकारीहरुलाई धन्यवादका साथै आभार प्रकट गर्दै आउने दिनमा सबै मण्डली तथा संघसंस्थाहरुसँग समन्वय र सहकारी गर्दै अघि बढ्ने प्रदेश प्रमुख ए. विष्णु परियारले घोषण गर्नु भयो ।

कार्यक्रम सभापति तथा पूर्व प्रदेश प्रमुख पा. टेक विक्रम हिताङ्गले उपस्थित सबै अतिथि तथा सहभागिहरुलाई धन्यवाद दिदैँ सातै प्रदेशमा महासंघको संघठन बिस्तार गराई महासंघलाई मजबुत बनाउने र नेपाली ख्रीष्टियन समुदायको स्वभिमान र अधिकारलाई सुनिश्चित गराउने प्रतिवद्धता जाएर गर्दै अन्तिम प्रार्थनाद्वारा भेलाको समापन गर्नुभएको थियो ।

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd