धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

ललितपुर जिल्ला युवा विभाग गठन

२१ माघ २०७४, ललितपुर । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको युवा विभागका प्रमुख पा. देवीलाल श्रेष्ठ (देव) ज्यूको अध्यक्षता र सचिव तथा आर्थिक विभाग प्रमुख पा. हेम बहादुर थापाज्यूको विशेष उपस्थिती तथा संयोजनमा हिजो शनिवार महासंघको कार्यालयमा विभागको भेला सम्पन्न भएको छ । निकै उत्साहका साथ विभिन्न मण्डलीबाट युवाहरुको व्यापक सहभागिता रहको सो भेलाले पा. करण सिलवालज्यूको अध्यक्षतामा १५ सदस्यीय ललितपुर युवा विभागको गठन गरको छ । साथै भक्तपुर जिल्लामा चाँडै समिति गठन गर्ने र आउँदो २७ गते शनिवार महाराजगञ्जस्थित सुन र विश्वास गर मण्डलीमा काठमाण्डौँ जिल्ला समितिको समेत गठन गर्ने बताइएको छ । विभागले काठमाण्डौँ, भक्तपुर र ललितपुर जिल्लाको समिति गठन पश्चात काठमाण्डौँ उपत्यकालाई लक्षित गरी युवाहरुको एक वृहत भेलाको आयोजना गर्ने र ७ प्रदेशमा प्रादेशिक युवा समिति र ७७ वटा जिल्लामा जिल्ला समितिको गठन र विस्तारलाई तीब्रता दिई युवाहरुलाई प्रशिक्षित गराई सशक्त रुपमा परिचालन गर्ने विभागले जनाएको छ । उक्त भेलामा महासंघका अध्यक्ष सी.वी. गहतराजज्यू र सचिव तथा व्यवस्थापन विभाग प्रमुख पा. उद्धव चिमोरियाज्यूले उत्साहका शब्दहरु दिनुभई निर्धक्क भएर युवाहरुको हितमा लाग्न अनुरोध गर्नुभएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd