धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

ललितपुर जिल्ला भेला आयोजक समिति गठन

१५ असार, २०७५ ललितपुर । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालमा आवद्ध ललितपुर जिल्लाका विभिन्न मण्डलीका पाष्टर तथा अगुवाज्यूहरुसँगको छलफल तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा महासंघका अध्यक्ष सी.वी. गहतराजज्यूले ख्रीष्टियन समुदायमाथि भएका विभिन्न घटनाक्रमको बारेमा अवगत गराउँदै महासंघले हासिल गरेका उपलब्धीको विषयमा प्रस्ट पार्दै वर्तमान परिस्थिती तथा भावी योजना र विभिन्न चुनौतिहरुको विषयमा बताउँनु भएको थियो । साथै अहिलेको अवस्थामा कसरी अघि बढने भन्ने विषयमा छलफल तथा निष्कर्ष निकाल्दै केन्द्रिय उपाध्यक्ष तथा अन्तराष्ट्रिय विभागका प्रमुख अन्ना पेडनज्यू, महासचिव पा. पदमनाथ पराजुलीज्यू र उपमहासचिव पा. चन्द्रमान नेपालीज्यू लगायत उपस्थित व्यक्तिहरुले आ–आफनोे राय, सल्लाह र सुभाव दिएका थिए । कार्यक्रमले ललितपुर जिल्लाको वृहत भेलाको आयोजना गर्न केन्द्रिय सचिव तथा अरियोपागस चर्चका पाष्टर प्रेम सुब्बाज्यूको संयोजकत्वमा ५ सदस्यीय भेला आयोजक समिति गठन गरेको छ । जसमा सदस्यहरु, पा. अर्जुन भण्डारी, पा. प्रेम कार्की, पा. दानियल घले र पा. आशा राई रहनुभएको छ । गठित समितिले यहि साउन ६ गते आइतबार जुलाई २२ तारेखका दिन ललितपुर जिल्लाको वृहत भेलाको आयोजना गर्ने निर्णय गरेको छ ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd