धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

राहत वितरण कार्य सफलतापुर्बक सम्पन्न

१४ भदौ २०७४ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको प्राकृतिक प्रकोप राहत संकलन समितिलेले आज बिहान रौतहटको भेडीयाहि क्षेत्रमा राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ । उक्त राहत समितिले चामल, नुन, दाल लगायतका सामाग्रीहरु विभिन्न ब्यक्ति,संघसंस्था तथा राजनीतिक दल, सुरक्षाकर्मी लगायतको रोहवरमा वितरण गरेको हो । महासंघका महासचिव पा. पदमनाथ पराजुलीले राहत वितरण कार्य सफलतापुर्बक सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पुर्ण संघसंस्था, मण्डली र राजनीतिक दललाई धन्यवाद दिनुभएको छ । सो राहत समितिले ने.क.पा. एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधब कुमार नेपालसँग भेटि राहत कार्यमा कसरी समन्वयकारी भुमिका निर्वाह गर्ने भन्ने बारेमा महासंघको राहत समितिसँग हिजो व्यापक छलफल समेत गरेको थियोे ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd