धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

राष्ट्रिय भेला सुर्खेतमा गर्ने

६ चैत २०७४, ललितपुर । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको विशेष केन्द्रिय कार्यकारी समितिको बैठकका अध्यक्ष सी.वी. गहतराजज्यूको अध्यक्षतामा बैठक सम्पन्न भएको छ । बैठकले यहि आउँदो वैशाख १७–१९ गतेसम्म सुर्खेतमा महासंघको राष्ट्रिय भेला गर्ने सर्वसम्मतले निर्णय गर्दै सह–अध्यक्ष रेभ. शामूएल सोदेम्बाज्यूको संयोजकत्वमा ११ सदस्यीय राष्ट्रिय भेला मुल आयोजक समिति गठन गरेको छ । जसमा सदस्यहरु महासचिव पा. पदमनाथ पराजुलीज्यू, उपमहासचिव पा. चन्द्रमान नेपालीज्यू, महिला विभागका प्रमुख तथा केन्द्रिय सदस्य डोमा राईज्यू, सचिव तथा व्यवस्थापन विभाग प्रमुख पा. उद्धव चिमोरियाज्यू, पा. उदयराज भाटज्यू, पा. किरण दासज्यू कोषाध्यक्ष पा. धन बहादुर थापाज्यू र सह–कोषाध्यक्ष पा. इन्द्र बहादुर बस्नेतज्यू हुनुहुन्छ । साथै भेला सह–संयोजक तथा ६ नम्बर प्रदेश प्रमुख उपाध्यक्ष पा. पदम गैरेज्यूलाई कार्यक्रमको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी प्रदान गरेको छ भने भेला सह–संयोजक तथा संगठन विभाग प्रमुख उपाध्यक्ष पा. जित बहादुर भित्राकोटीज्यूलाई प्रचारप्रसारको जिम्मेवारी प्रदान गरेको छ । विगत वर्षहरुमा जस्तै, यस वर्ष पनि काठमाण्डौँ उपत्यकामा रहेको इसाई समुदाय (चर्चहरु) को संयुक्त आयोजनामा चैत्र १८ गते खूल्लामञ्चमा हुन गईरहेको पुनरुत्थान (इष्टर) महोत्सव २०१८ भव्यताका साथ मनाउन लागिएकोले आ–आफनो क्षेत्रका स्थानीय मण्डलीबाट शान्ति पदयात्रामा सहभागी भई महोत्सवलाई सफल बनाउन हार्दिक अनुरोध गरको छ । बैठकमा हङकङ्गका सदभावदुत तथा हङकङ्ग नेपाली ख्रीष्टियन काउन्सिलका अध्यक्ष पा. जेम्स गुरुङज्यूले नेपालमा महासंघले ख्रीष्टियन समुदायको हक अधिकार र अस्तित्व पहिचान स्थापित गराउन गर्दै आएको कामको प्रशंसा गर्नुभएको थियो । साथै आगामी दिनमा महासंघसँग सहकार्य र समन्वयकारी भुमिका निर्वाह गर्ने कुरा समेत बताउँनुभएको थियो । उक्त बैठकको उपमहासचिव पा. चन्द्रमान नेपालीज्यूले संचालन तथा सह–अध्यक्ष रेभ. फिलेमोन क्षेत्रीज्यूले सुरुको प्रार्थना गर्नुभएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd