धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

राष्ट्रिय भेलामा सहभागी हुन चर्च समुहहरुलाई महासंघको आह्वान

३ वैशाख २०७४ । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपाल केन्द्रिय समितिको बैठक सम्पन्न भएको छ ।  बैठकले यहि वैशाख १७–१९ सम्म कर्णाली प्रदेशको राजधानी विरेन्द्र नगर सुर्खेतमा हुने महासंघको राष्ट्रिय भेला सम्पन्न गर्ने सम्बन्धमा वृहत छलफल गरेको हो । बैठकमा विभिन्न पदाधिकारीज्यूहरुले राष्ट्रिय भेला सम्बन्धमा आ–आफनो राय दिनुभएको थियो । महासंघले समाज, संघसंस्था, मण्डली (चर्च) समुह र विभिन्न समुदायहरुलाई महासंघमा आवद्ध गराई स्थानीय चर्च समुह मार्फत महासंघले देशभर प्रशिक्षण दिने, संगठन निर्माण गर्ने र वर्तमान परिस्थितीमा ख्रीष्टियन समुदायमाथि आइपरेका गतिविधिहरुको समिक्षा गर्दै आगामी दिनमा कसरी अगाडी बढने भन्ने विषयमा राष्ट्रिय भेलामा कार्ययोजना तयार गरिने भएको छ । साथै देशभर रहेका जिल्ला, क्षेत्र र स्थानीय स्तरका ख्रीष्टियन समाजहरु, चर्च समुहहरु र एकता समुहहरुलाई भेलामा सहभागीको लागि समेत आह्वान गरेको छ ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd