धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको कार्यवाहक अध्यक्षमा डोमा राई मनोनित

२०७९।०६।३० राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको कार्यवाहक अध्यक्षमा डोमा राई मनोनित हुनुभएको छ । यहि मिति २०७९ असोज २९ गते बसेको विशेष केन्द्रीय समितिको बैठकले सहअध्यक्ष डोमा राईलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिईृएको हो । महासंघका अध्यक्ष सी.बी. गहतराजको अध्यक्षतामा बसेको उक्त बैठकले महासंघको विधानको धारा २३ (ख) को उपधारा १ बमोजिम राईलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिईएको हो । बैठक पश्चात गरिएको पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै कार्यवाहक अध्यक्ष राईले आफुले पाएको जिम्मेवारी सक्रियताका साथ निभाउने बताउनुभयो । त्यस्तै शनिवार सम्पन्न विशेष केन्द्रीय समितिको बैठकले अन्य विभिन्न निर्णय पनि गरेको छ । जसमा वर्तमान महासचिव चित्र रेखा ओझाले सामाजिक सञ्जाल मार्फत राजिनामा दिनुभएकाले अर्को बैठकको निर्णय नभएसम्मका लागि सहमहासचिव ज्ञानेन्द्रराज सापकोटालाई कार्यवाहक महासचिवको जिम्मेवारी दिईएको छ । त्यस्तै महासंघको विधानको परिच्छेद ८ धारा ४६ को उपधारा ३ बमोजिम रिक्त रहेको पदमा टुक नारायण श्रेष्ठलाई केन्द्रीय समितिमा रहनेगरी केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ । महासंघको केन्द्रीय कार्यालयमा सम्पन्न उक्त बिशेष केन्द्रीय समितिको बैठकमा महासंघका अध्यक्ष सी.बी. गहतराज, कार्यवाहक अध्यक्ष डोमा राई, सहअध्यक्ष उद्धव चिमोरीया, सहअध्यक्ष देउमाया तामाङ, उपाध्यक्ष आशा राई, कार्यवाहक महासचिव तथा प्रवक्ता ज्ञानेन्द्रराज सापकोटा, सहमहासचिव सुजना बस्नेत, उपमहासचिव करण सिलवाल, लैला कुमारी गहतराज, सचिव अनिल राई, सचिव बिष्णु कुमारी कार्की लगायत २६ जना केन्द्रीय पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd