धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

राष्ट्रिय ख्रीष्टियन महासंघ, प्रदेश नं १ को छलफल बैठक भिडियो कन्फ्रेन्सिंग एप जूम मार्फत सम्पन्न

राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल, प्रदेश नं १ का पदअधिकारी तथा पाष्टर, अगुवाज्यूहरुसँगको छलफल बैठक ४ भाद्र २०७७ (बिहीबार) भिडियो कन्फ्रेन्सिंग एप जूम मार्फत सम्पन्न भएको थियो । छलफल बैठकमा महासंघका अध्यक्ष, सह–अध्यक्षहरु, उपमहासचिवहरु, सचिवहरु, प्रदेश प्रमुख, केन्द्रिय सदस्यहरु तथा प्रदेश–१ का विभिन्न जिल्ला अध्यक्ष र सदस्यहरुको उपस्थिती रहेको थियो ।

उक्त छलफल बैठक महासंघ प्रदेश–१ को संयोजक रेभ. पा. एनोस गजमेरको संयोजकत्वमा भएको थियो । जनगणना २०७८ सालको लागि चेतना अभिवृद्धि गर्ने कार्यक्रम संचालन र नेपाली ख्रीष्टियन समूदायको तत्थ्याङ्क संकलन गर्ने विषयहरुमा छलफल भएको थियो । प्रस्तावित छलफलमा जानुभन्दा अघि उपमहासचिव पा. धनराज घिमिरे, उपमहासचिव एवम् प्रवक्ता रेभ. पा उद्घव चिमोरिया, सह अध्यक्ष तथा प्रदेश–५ प्रमुख पा. टेक विक्रम हिताङ्ग, बरिष्ठ सह अध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्री र महासंघका अध्यक्ष सी.बी गहतराजले महासंघको परिचय, इतिहास, उपलब्धी, उदेश्य, कार्यक्रमहरु र भावि योजनाहरुको विस्तृत जानकारी दिनुभएको थियो भने केन्द्रिय सचिव ए. विष्णु परियार र सचिव पा. प्रेम कार्कीले सहभागिता जनाउनु भएको थियो । छलफलमा पा. साङ्गे शेर्पा, पा. टिकाराज राई, पा. गिदोन लामिछाने, पा. राजु खड्का, पा. लाल सिङ खाती र अन्य सहभागिहरुले आ–आफ्नो धारणा राख्नु भएको थियो ।

संयोजक रेभ. पा. एनोस गजमेरले सहभागिहरुलाई धन्यवाद दिनुभई छलफल बैठक प्रार्थनाद्वारा समापन गर्नुभएको थियो ।

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd