धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालद्वारा क्यानेडियन व्यवस्थापिका संसद सदस्य माननीय डेबिट एन्डरसन समक्ष ज्ञापनपत्र पेश

२४ असोज २०७४, काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सि.बि.गहतराजको नेतृत्वमा महासंघको टोलीले क्यानडाका व्यवस्थापिका संसदका सदस्य माननीय डेबिट एन्डरसनज्यूलाई भेटी ज्ञापनपत्र प्रस्तुत गरेको छ । ज्ञापनपत्रमा महासंघ र नेपाल सरकारबीच भएका ३ बुँदे र ६ बुँदे सहमती, ख्रीष्टमस तथा इष्टर सण्डेको सार्वजनिक विदा, ख्रीष्टियन समुदायको लागि समाधिस्थल व्यवस्था लगायत समुदायका राष्ट्रिय सरोकारका विषयहरुलाई समेटिएको थियो । भेटघाटका क्रममा अध्यक्ष गहतराजज्यूले ख्रीष्टियन समुदायको अधिकार र अस्तित्वका लागि महासंघले खेलिरहेको भूमिका, कार्य र उपलब्धिहरुको विषयमा स्पष्ट पार्नुभएको थियो । सो भेटघाटमा माननीय एन्डरसनले नेपालमा रहेका ख्रीष्टियनहरुको वर्तमान अवस्था र चुनौतीका विषयमा जिज्ञासा राख्दै आफू सदैव नेपाली ख्रीष्टियन समुदायप्रति सकारात्मक रहेको र आवश्यक सहयोग गर्न तत्पर रहेको बताउनुभयो । उक्त भेटमा अध्यक्ष सि.बि. गहतराज, डेनिस व्यवस्थापिका संसद सदस्य माननीय दानियल टफ्ट ज्याकब्सन, सल्लाहकार रेभ. रिन्जी लामा, महासचिव पा. पदमनाथ पराजुली, श्रीमती नानीबेटी लामा, सन्तोष खड्का र संजय लिम्बू उपस्थित हुनुहुन्थ्यो ।  

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd