धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको विशेष समिति र केन्द्रिय समितिको बैठक सम्पन्न

२२ जेठ, काठमाण्डौँ । शनिवार दिउँसो ३ बजे बाँसबारी स्थित सिलोआम चर्चमा राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालका अध्यक्ष सि.बि. गहतराजज्यूको अध्यक्षता विशेष समिति र केन्द्रिय समितिको बैठक सम्पन्न भएको छ । पा. रविन बैद्यले सुरुको प्रार्थना गर्नुभएको उक्त बैठकमा घटनाको जानकारी भने सिलोआम टुप्पेक चर्चका पाष्टर जिवन बस्नेत ज्यूले गर्नुभएको थियो । झण्डै ६० जनाको उपस्थिती रहेको बैठकमा प्रत्येक केन्द्रिय समिति र विशेष समितिका सदस्यहरुले पालैपालो घटनाको बारेमा आफनो धारणा र सल्लाह राख्नुभएको थियो । बैठकमा सह अध्यक्ष डा. सरिता थापा, प्रवक्ता तथा उपमहासचिव सागर बैजु, उपमहासचिव चन्द्रमान नेपाली, कोषाध्यक्ष पा. आमेन थापा, सचिव तेज बहादुर रोक्का, प्रार्थना विभाग प्रमुख देउमाया तामाङ्ग लगाएतका व्यक्तिहरुले बोल्नुभएको थियो । सो बैठकले विभिन्न निर्णयहरु समेत गरेको छ । १. पीडितलाई कानुनी प्रक्रियाबाट व्यवस्थापन गरिदिनुपर्ने कुरामा जोड दिने । २. न्यायिक तरिकाबाट पीडित पक्षको ब्यवस्थापन गर्ने । ३. सबैले आ—आफनो स्थानबाट समन्वयकारी भुमिका खेल्ने ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd