धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको केन्द्रिय समितिको बैठक भव्यतताका साथ सम्पन्न

जेठ १५, २०७४, काठमाण्डौँ । आज राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सि।बि। गहतराजज्यूको अध्यक्षतामा केन्द्रिय समितिको बैठक शालेम मण्डली बुद्धनगर, काठमाडौंमा बसेको छ । महासचिव पा। पदमनाथ पराजुलीले संचालन गर्नुभएको उक्त बैठककोे सुरुको प्रार्थना महासंघका उपाध्यक्ष तथा अन्र्तराष्ट्रिय विभागका प्रमुख अन्न पेडनज्यूले गर्नुभएको थियो भने आशिषमय वचनको सेवा विलिर्भस समुदायका एल्डर शशिधर चापागाँईज्यूले लिनुभएको थियो । बैठकमा महासंघका प्रवक्ता तथा उपमहासचिव सागर बैँजुले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन महासंघका कोषाध्यक्ष पा। आमेन थापाले प्रस्तुत गर्नुभएको थियो । सो बैठकमा इष्टरका दिन वैशाख ३ गते साँझ कार्यालयबाट घर फर्कने क्रममा अज्ञात समुहबाट गोली लागि घाइते भएका कार्यालयका पुर्व सचिव सन्तोष खड्काको निम्ति प्रार्थना साथै सहयोग भेटी उठाइएको थियो । त्यसैगरी सिलोआँम टुपेक मण्डलीमा भएको घटनाको बारेमा पा। जगत प्रधानले जानकारी गराएका थिए । महासंघले महत्वपुर्ण विषयहरुमा छलफल गर्दै विभिन्न निर्णयहरु गरेको हो । छलफलमा विभिन्न अन्र्तराष्ट्रिय क्षेत्रमा सद्भाव राजदुत ९एमबेसेडर० नियुक्त गर्ने निर्णय समेत भएको छ । सोही कार्यक्रममा मनोनित नयाँ केन्द्रिय सदस्यहरु तथा पदाधिकारीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो साथै अगामी दिनमा महासंघको विधानसँग मिल्ने संघसंस्थाहरुसँग सहकार्य गर्दै कार्य गर्ने पनि निर्णय गरेको छ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको विधानको परिच्छेद–४, धारा–१७ को २ बमोजिम मनोनित सदस्यहरुको नामवली निम्न प्रकार छन् । १. रेभ। काजीरत्न मर्हजन केन्द्रिय उपाध्यक्ष २. इसा दास (सह–सचिव) २. प्रकाश बिशुन्के (केन्द्रिय सदस्य तथा प्रचारप्रसार बिभाग प्रमुख) ३. पा।इन्दु राई (केन्द्रिय सदस्य) ४. तारा के।सी (केन्द्रिय सदस्य) ५. तारा बोगटी (केन्द्रिय सदस्य) ६. सुशिला खड्का (केन्द्रिय सदस्य) ७. प्रतिक्षा गुरुङ (केन्द्रिय सदस्य) ८. सुस्मा बिमली (केन्द्रिय सदस्य) ९. सावित्री भाँसिमा (केन्द्रिय सदस्य) १०. पूजा पराजुली (केन्द्रिय सदस्य) ११. ज्ञानी थापा (केन्द्रिय सदस्य) १२. कर्म सि गुरुङ (केन्द्रिय सदस्य) १३. मालती राई (केन्द्रिय सदस्य) १४. तुलसा खड्का (केन्द्रिय सदस्य) १५. पा। इन्द्र कुमार बस्नेत (सह—कोषाध्यक्ष) १६. पा। विष्णु वि।क। (केन्द्रिय सदस्य)

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd