धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालद्धारा आयोजित ख्रीष्टमस महोत्सव २०७९ सम्पन्न ।

१0 पौष २०७९ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको आयोजनामा ख्रीष्टमस महोत्सव २०७९ सम्पन्न भएको छ । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज (अथक) को प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रज्ञा प्रतिष्ठान, कमालादीमा ख्रीष्टमस महोत्सव २०७९ भव्य रुपमा सम्पन्न भएको हो । महासंघका कार्यवाहक अध्यक्ष डोमा राईको सभापतित्वमा कार्यक्रम सुरु भएको थियो । महासंघका सहअध्यक्ष तथा राजनीतिक विभाग प्रमुख एवम् ख्रीष्टमस महोत्सव २०७९ का संयोजक रेभ.उद्धव प्रसाद चिमोरीयाले कार्यक्रममा स्वागत मन्तव्य राख्नुभएको थियो । त्यस्तै शुभकामना सन्देश दिदै सामाजिक एकता पार्टीका अध्यक्ष तथा महासंघका संस्थापक अध्यक्ष सी.बी. गहतराजले ख्रीष्टमसले सबै नेपालीमा सुख, शान्ति र प्रेम बढोस् भनि शुभकामना दिनुभएको थियो ।

 

उहाँले महासंघ र नेपाल सरकारबिच भएको ३ बुँदे र ६ बुँदे सहमतिको स्मरण गराउँदै राज्यले ख्रीष्टियन समुदायको मुद्द अक्षरस कार्यान्वयन गराउन ढिलासुस्ती गर्न नहुने जोड दिनुभयो । त्यस्तै महासंघका डायस्फोराका कार्यवाहक प्रमुख रेभ. डम्बर अधिकारीले ख्रीष्टमसको वास्तविक अर्थ प्रस्ट्याउदै शुभकामना सन्देश बाड्नुभएको थियो । कार्यक्रमका अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य परशुराम अधिकारीले आफुहरु लगत्तै सत्तामा जाँदैगरेकोले ख्रीष्टियन समुदायको माग तथा समस्याहरुलाई समाधान गर्न यथोचित प्रयास गर्ने बताउनुभयो । कार्यक्रमको अन्त्यमा बोल्दै नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज (अथक) ले नेपाल बहुजाती, बहुभाषी र बहुधार्मिक देश भएकोले लोकतन्त्रले सुनिश्चीत गरेको धर्मनिरपेक्षताको पूर्णरुपमा कार्यान्वयन स्वरुप हरेक नागरिकलाई कुनैपनि धर्म मान्न तथा अवलम्बन गर्न पाउने, परिवर्तन गर्न पाउने र त्याग्न पाउने संवैधानिक व्यवस्था भएको प्रस्ट पार्नुभयो । धर्मनिरपेक्षतालाई जोड्दै धर्म व्यक्तिगत स्वतन्त्रताको विषय भएकोले राज्य धर्मबाट अलग रहनुपर्ने उहाँले बताउनुभयो ।

 

त्यसका लागि राज्यले सबै प्रकारले आधार तयार पार्नुपर्ने उहाँले बताउनुभयो । कार्यक्रमको अन्तिम प्रार्थना सहित स–धन्यवाद व्यक्त गर्दै कार्यक्रमका सभाध्यक्ष महासंघका कार्यवाहक अध्यक्ष डोमा राईज्यूले ख्रीष्टमस महोत्सव २०७९ सफल बनाउन सहयोग गर्ने सबैजनालाई कृतज्ञता प्रकट गर्दै ख्रीष्टमसको शुभकामना व्यक्त गर्नुभई कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो । ख्रीष्टमस शुभकामना आदान प्रदान विशेष ख्रीष्टमस महोत्सव २०७९ मुल कार्यक्रमको सञ्चालन महासंघका कार्यवाहक महासचिव तथा प्रवक्ता ज्ञानेन्द्रराज सापकोटाले गर्नुभएको थियो । कार्यक्रममा देश तथा विदेशमा सेवारत अगुवा, पास्टर, विभिन्न इसाई संस्थाका प्रमुख एवम प्रतिनिधि र महासंघको डायस्फोरा प्रतिनिधि लगायत उपत्यकामा रहेका विभिन्न चर्चका १००० जना भन्दा बढिको बढिको सहभागिता रहेको थियो ।ख्रीष्टमस महोत्सव २०७९ को मुल समारोह विभिन्न सञ्चारमाध्यमहरुबाट प्रत्यक्ष प्रसारण समेत गरिएको थियो । ख्रीष्टमस महोत्सव २०७९ अन्तरगत महासंघले ख्रीष्टमस शुभकामना विशेष शान्तिपूर्ण पदयात्रा पनि गरेको थियो । काठमाण्डौको सुन्धारा अगाडीबाट सुरु भएको पदयात्रा जमल, घण्टाघर हुँदै राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादिमा पुगि विसर्जन भएको थियो ।

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd