धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल र सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की बिच भेट ।

२७ मंसिर २०७९ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल र माननीय सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की बिच आज भेटवार्ता भएको छ । सञ्चार तथा सुचना प्रविधि मन्त्री कार्कीले महासंघमार्फत आउदै गरेको ख्रीष्टमसको सबै ख्रीष्टियन समुदायलाई शुभकामना समेत दिनुभएको छ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले आयोजना गर्न लागेको उपत्यकाव्यापी ख्रीष्टमस महोत्सव २०७९ कार्यक्रमको मन्त्री कार्कीलाई जानकारी गराउनुका साथै उक्त कार्यक्रममा आतिथ्यता ग्रहण गरिदिनहुन विशेष अनुरोध पनि गरिएको छ । आजको भेटवार्तामा महासंघको तर्फबाट सहअध्यक्ष तथा राजनितिक विभाग प्रमुख रेभ.उद्धव चिमोरीया, कार्यवाहक महासचिव तथा प्रवक्ता ज्ञानेन्द्र राज सापकोटा, उपमहासचिव पा. करण सिलवाल तथा प्रेस सल्लाहकार गोविन्द विश्वकर्मा रहनुभएको थियो ।

 

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd