धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको विशेष केन्द्रीय समितिको बैठक सम्पन्न

१९ कार्तिक २०७९ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको विशेष केन्द्रीय समितिको बैठक काठ्माण्डौको सालेम प्रार्थना भवन बुद्धनगरमा आज सम्पन्न भएको छ । महासंघका कार्यवाहक अध्यक्ष डोमा राईको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ । मुख्यगरी ख्रीष्टमस महोत्सव २०७९ भव्यताका साथ सप्ताहव्यापी रुपमा मनाउन महासंघका सहअध्यक्ष तथा राजनीतिक विभाग प्रमुख रेभ. उद्धव प्रसाद चिमोरीयाको संयोकत्वमा १० सदस्यिय समिति बनाईएको छ । महोत्सवका लागि एन.सि.एफ.एन. र एन.सि.एस. सँग आपसी छलफल तथा सहकार्य गरी पुर्वतयारी गरिने बैठकमा निर्णय गरिएको छ । समन्वय समितिमा रेभ. उद्धव प्रसाद चिमोरीया संयोजक, सदस्यहरुमा १. उपाध्यक्ष ख्रीष्टभक्त महर्जन २. उपाध्यक्ष आशा राई ३. कार्यवाहक महासचिव ज्ञानेन्द्रराज सापकोटा ४. सह महासचिव सुजना बस्नेत ५. उप महासचिव पा. करण सिलवाल ६.सचिव विष्णु कुमारी कार्की ७. सचिव अनिल राई ८. कोषाध्यक्ष सुशिला खड्का ९.सहकोषाध्यक्ष धनश्याम राजथला र १०. केन्द्रीय सदस्य टुक नारायण श्रेष्ठ रहनुभएको छ ।

 

त्यसैगरी महासंघका उपाध्यक्ष पा. ख्रीष्टभक्त महर्जनलाई मण्डली समन्वय बिभाग विभागको संयोजक, रेभ. अर्जुन भण्डारीलाई सहसंयोजकको जिम्मेवारी दिने पनि आजको विशेष केन्द्रीय समितिको बैठकले निर्णय गरेको छ । जसमा सदस्यमा केन्द्रीय सदस्य तारा लिम्बु, उपाध्यक्ष आशा राई, सह कोषाध्यक्ष धनश्याम राजथला र केन्द्रीय सदस्य इन्दु राई रहनुभएको छ ।

 

आज सम्पन्न बैठकको सञ्चालन कार्यवाहक महासचिव ज्ञानेन्द्रराज सापकोटाले गर्नुभएको थियो भने सुरुको प्रार्थना रेभ. अर्जुन भण्डारीले गर्नुभएको थियो । त्यस्तै स्तुति प्रसंशा सचिव अनिल राईले गर्नुभएको थियो भने स्वागत मन्तब्य सहमहासचिव सुजना बस्नेतले गर्नुभएको थियो । विशेष केन्द्रीय समितिको आज सम्पन्न बैठकको अन्तीम प्रार्थना कार्यवाहक अध्यक्ष डोमा राईले गर्नुभएको थियो ।

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd