धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

युवा विभाग केन्द्रिय समितिको विशेष बैठक सम्पन्न

२७ जेठ २०७५, काठमाण्डौँ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको युवा विभागका प्रमुख तथा महासंघ केन्द्रिय सदस्य पा. देवीलाल श्रेष्ठ (देव)ज्यूको अध्यक्षतामा युवा विभाग केन्द्रिय समितिको विशेष बैठक रिडिङ ख्रीष्टियन चर्चमा हिजो शनिवार सम्पन्न भएको छ । बैठकले जिल्ला समितिहरुलाई सक्रिय गराउने र सशक्त रुपमा बाँकी जिल्लाहरु र प्रदेशमा जिल्ला स्तरिय विभागीय समितिहरु र प्रादेशिक विभागीय समितिको गठन, परिचालन र प्रशिक्षण भेलाको आयोजना गर्ने र काठमाण्डौँ, ललितपुर र भक्तपुर जिल्लामा रहेको जिल्ला युवा विभागहरुलाई सक्रिय बनाउन प्रशिक्षण दिई परिचालन गर्न उपत्यकालाई लक्षित गरी युवाहरुको एक वृहत भेलाको आयोजना गर्ने निर्णय गरेको हो । सो भेलाको मिति तय गर्न र सम्पूर्ण तयारीको लागि असार ९ गते सोही स्थानमा अर्को बैठक बस्ने जनाइएको छ । त्यसै गरी बैठकले विभिन्न युवा विभागका केन्द्रिय पदाधिकारीज्यूको पदोन्नती गरेको छ जसमा सहसचिव बुद्धि प्रकाश मुखियाज्यूलाई सचिवमा, सहकोषाध्यक्ष इजकिएल तामाङज्यूलाई सचिवमा र सदस्य सन्त वीर मोक्तानज्यूलाई सचिवमा पदोन्नती गर्दै केन्द्रिय समितिको २५ जना मध्यमा विभागका प्रमुख श्रेष्ठज्यूको अध्यक्षतामा ९ सदस्यीय उच्चस्तरिय विशेष समिति बनाएको छ जसमा सदस्यहरु, उपप्रमुखज्यूहरु, दिनेश कन्दङवा, संदिप खत्री, राजेन्द्र आले मगर, तिलक जिपरेल र सचिवहरु, बुद्धि प्रकाश मुखिया, इजकिएल तामाङ, सन्त वीर मोक्तान र कोषाध्यक्ष अभिषेक तामाङ रहनु भएको छ । सो उच्चस्तरिय विशेष समितिले युवाहरुको हितमा नेतृत्व क्षमता अभिवृद्धिको लागि नीति, नियम बनाउने, युवा लक्षित विभिन्न विशेष कार्यक्रम गर्ने र यसले बनाएको लक्षित योजनाहरुलाई केन्द्रिय समितिमा पारित गर्ने समेत बताइएको छ ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd