धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

युवा विभाग केन्द्रिय समितिको विशेष बैठक सम्पन्न

१० असार २०७५, काठमाण्डौँ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको युवा विभागका प्रमुख तथा केन्द्रिय सदस्य पा. देवीलाल श्रेष्ठ (देव)ज्यूको अध्यक्षतामा र महासंघका केन्द्रिय अध्यक्ष सी.वी. गहतराजज्यूको विशेष उपस्थितीमा युवा विभाग केन्द्रिय समितिको विशेष बैठक बाँसबारीस्थ्ति सुन र विश्वास गर मण्डलीमा हिजो शनिवार सम्पन्न भएको छ । बैठकमा काठमाण्डौँ, ललितपुर र भक्तपुर जिल्ला युवा विभागका पदाधिकारीज्यूहरुको उपस्थिती रहेको थियो । सो बैठकले काठमाण्डौँ, ललितपुर र भक्तपुर जिल्ला युवा विभागहरुलाई सक्रिय बनाउन जिल्ला स्तरिय विभागीय समितिहरुको गठन, परिचालन र प्रशिक्षण दिन उपत्यकालाई लक्षित गरी ३१ गते आइतबार नव फेलोसिप टोखा काठमाण्डौँमा र १७ गते विहान ७ बजे नवजागुति मण्डली ग्वार्को ललितपुर जिल्लामा बैठक बस्ने निर्णय गरेको हो । युवा विभागका केन्द्रिय प्रमुख पा. देवीलाल श्रेष्ठ (देव)ज्यूले युवा विभागलाई क्रमबद्ध रुपमा स्थानिय स्तर देखि गाउँपालिका, नगरपालिका र प्रदेशमा समेत विभागको गठन र परिचालन गर्दै जाने बताउँनुभयो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd