धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

युवा विभागले देशभर प्रशिक्षण कार्य संचालन गर्ने

१ पुस शनिवार २०७४, काठमाण्डौँ । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपाल अन्र्तगत युवा विभागले काठमाण्डौँस्थित सिलोआँम बाँसबारी मण्डलीमा वृहत युवा भेला सम्पन्न गरेको छ । काठमाण्डौँ, ललितपुर, भक्तपुर जिल्लाका विभिन्न मण्डलीबाट उपस्थित जवानहरुको व्यापक सहभागिता रहेको सो कार्यक्रममा महासंघका अध्यक्ष सी.वी. गहतराजज्यू, सल्लाहकार रेभ. जगत प्रधान, सचिव तथा आर्थिक विभाग प्रमुख पा. हेम बहादुर थापाज्यू लगायतका पदाधिकारीज्यूहरुको समेत उपस्थिती रहेको थियो । युवा विभाग प्रमुख तथा केन्द्रिय सदस्य पा. देवीलाल श्रेष्ठज्यूले कार्यक्रमको संचालन गर्नुभएको थियो भने महासंघका महासचिव पा. पदमनाथ पराजुलीले सुरुको प्रार्थना गर्नुभएको हो । महासंघका अध्यक्ष सी.वी. गहतराजज्यूले भेलाको सम्बोधन गर्नहुदैँ उहाँले नेपालका ख्रीष्टियन युवाहरुको शक्तिले देश परिवर्तन हुने भएकोले युवाहरुको महासंघमा भुमिका ठूलो रहेको र यो एउटा राष्ट्रिय सेवकाई भएकोले प्रार्थना साथ यस राष्ट्रिय सेवकाइमा लाग्न सबै युवाहरुलाई आह्वान गर्नुभयो । साथै महासंघले युवा विभागलाई पहिलो प्राथमिकताका साथ देशव्यापी अभियानमा लाग्न युवाहरुको संरक्षण, उत्साह र सशक्त बनाउन महासंघले देशव्यापी प्रशिक्षण कार्यक्रम संचालन गर्ने समेत बताउँनुभयो । अध्यक्ष गहतराजज्यूले महासंघको प्रकति हेराइ र उदेश्य फरक देखिएता पनि यसको उदेश्य नेपाली ख्रीष्टियन समुदायको अस्तित्व, अधिकार र पहिचानको लागि महासंघ अपरिहार्य रहेको बताउँनुभयो । उहाँले समाधिस्थलको व्यवस्था गर्ने, इस्टरको विदा गराउने र सबै हाम्रा सामाजिक संस्था, शैक्षिक संस्था र धार्मिक संस्थाहरुलाई कानुनी रुपमा बलियो व्यवस्था गराउनलाई नीतिगत व्यवस्था गराउने साथै ४०० वर्षसम्म ख्रीष्टियन समुदायले गरेको योगदानको संरक्षण महासंघले नै गर्ने बताउनुभयो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd