धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

युवा विभागको बैठक सम्पन्न, प्रादेशिक युवा समिति गठन गर्ने विभागको तयारी

२४ मंसिर २०७४, काठमाण्डौँ । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपाल अन्र्तगत युवा विभागको बैठक हिजो शनिवार काठमाण्डौँ चप्पल कारखानास्थित अनुग्रह प्रतापी मण्डलीमा सम्पन्न भएको छ । केन्द्रिय सदस्य तथा युवा विभाग प्रमुख पा. देवीलाल श्रेष्ठ (देव) ज्यूको सभापतित्व र केन्द्रिय सचिव तथा आर्थिक विभाग प्रमुख पा. हेम बहादुर थापाज्यूको विशेष आतिथ्यतामा भएको सो बैठकले पुस १ गते शनिवार बाँसबारी सिलोआँम मण्डलीमा वृहत युवा भेलाको आयोजना गर्ने र युवा विभागलाई अब सक्रियताका साथ युवासँग सम्बन्धित भेला, सम्मेलन जस्ता युवाहरुलाई जागृत गराउने खालका कार्यक्रम र अभियानको आयोजना गर्ने गरी सातै प्रदेशमा प्रादेशिक युवा समिति, जिल्ला समितिको गठन र परिचालन गर्ने निर्णय गरेको हो । साथै महासंघद्धारा पुस ९ गते आयोजना गरिने शुभकामना मोटर साइकल -याली र पुस १० गते प्रभु येशू ख्रीष्टको शुुुभ जन्मोत्सव ख्रीष्टमस–२०७४ को शुभ उपलक्ष्यमा ख्रीष्टमस कार्यक्रम कसरी भव्य र सभ्य बनाउन सकिन्छ भन्ने बारेमा समेत बैठकले वृहत छलफल गर्दै आउँदो पुस १ गते शनिवार हुने वृहत युवा भेलालाई सफल पार्न सम्पुर्ण मण्डलीका जवानहरुलाई पठाईदिनुहुन समेत बैठकले अनुरोध गरेको छ ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd