धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

युवा विभागको बैठक सम्पन्न

१३ माघ २०७४,काठमाण्डौँ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको युवा विभागका प्रमुख पा. देवीलाल श्रेष्ठ (देव) ज्यूको अध्यक्षतामा काठमाण्डौँ बसुन्धरास्थित उद्धार ख्रीष्टियन मण्डलीमा विभागको बैठक सम्पन्न भएको छ । बैठकमा महासंघका सचिव तथा आर्थिक विभाग प्रमुख पा. हेम बहादुर थापाज्यूले सुरुको प्रार्थना र उत्साहका शब्दहरु दिनुभएको थियो भने सचिव तथा व्यवस्थापन विभाग प्रमुख पा. उद्धव चिमोरियाज्यूले परमेश्वरको जीवित बचन बाँडनुभएको हो । गत पुस ३० गते शनिवार गठित विभागको संयोजन समितिले आउँदो शनिवार २० गते दिउँसो ३ बजे महासंघको कार्यालयमा भक्तपुर र ललितपुर जिल्लाको कमिटि गठन गर्ने र आउँदो २७ गते शनिवार महाराजगञ्जस्थित सुन र विश्वास गर मण्डलीमा काठमाण्डौँ जिल्लाको समेत कमिटि गठन गर्ने बैठकले निर्णय गरेको छ । काठमाण्डौँ, ललितपुर र भक्तपुर जिल्लामा कमिटि गठन पश्चात काठमाण्डौँ उपत्यकालाई लक्षित गरी युवाहरुलाई उत्साह दिन र परिचालन गर्न एक वृहत युवा भेलाको आयोजना समेत गर्ने विभागले जनाएको छ । 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd