धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

मोटरसाइकल र्‍याली सम्पन्न

   

राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालद्वारा आयोजित सप्ताहव्यापी ख्रीष्टमस कार्यक्रम अन्तर्गत आज (मंगलबार¬) मोटर साईकल र्‍याली भव्यताका साथ सम्पन्न भएको छ । र्‍याली काठमाडौंको बिजुली बजारबाट सुरू भएको थियो । र्‍यालीमा सहभागी हुन विभिन्न मण्डलीबाट २ सय भन्दा बढी मोटरसाइकलका साथमा मण्डलीका पास्टर,अगुवा र विश्वासी बिजुलीबजार आइपुगेका थिए । बिजुलीबजारबाट बिहान ८ बजे शूरु भएको र्‍याली माइतिघर, थापाथली, त्रिपुरेश्वर, बिर अस्पताल, जमल, दरबारमार्ग, गैरीधारा, पुतलीसडक हुँदै भृकुटीमण्डपमा पुगेर समापन भएको थियो ।

   

संविधानबिद् दिनेश त्रिपाठीले रिबन काटेर र्‍यालीको उद्घाटन गर्नुभएको थियो भने उत्साहको निम्ति पास्टर तेजमान तामाङले परमेश्वरको वचन बाँडनुभयो। केन्द्रिय युवा विभागको संयोजनमा सम्पन्न मोटरसाइकल र्‍याली उपलब्धिमूलक भएको भन्दै आगामी दिनहरुमा युवा विभागले गर्ने हरेक कार्यक्रममा यस्तै सहभागिताको अपेक्षा रहेको प्रमुख मुकेश मोक्तानले बताउनुभयो । समापन समारोहमा उप–महासचिव एवम् प्रवक्ता रेभ. उद्धव चिमोरिया र डा. जितेन्द्र घिमिरेले ख्रीष्टमस शुभकामना मन्तब्य राख्नुभएको थियो । महासंघ अध्यक्ष सी। बि गहतराजले उपस्थित सबैलाई धन्यवाद दिदै बुधबार प्रज्ञा प्रतिष्ठानमा हुने ख्रीष्टमस महोत्सवमा सहभागी हुन अनुरोध गर्नुभयो ।

   

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd