धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

मासिक विशेष प्रार्थना सम्पन्न ।

१४ फागुन २०७९ काठमाण्डौं । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको केन्द्रीय प्रार्थना विभागको विशेष प्रार्थना अभियान भर्चुअल विधि “जुम एप” मार्फत महासंघका पदाधिकारी, बिभिन्न मण्डलीका, पाष्टर, अगुवा तथा विश्वासीहरुको सहभागितामा सम्पन्न भएको छ । सुरुको प्रार्थना सहअध्यक्ष तथा केन्द्रीय प्रार्थना विभाग प्रमुख ए. देउमाया तामाङ्गले गर्नुभएको थियो । संचालन तथा प्रार्थनाको अगुवाईमा महासंघका कोषाध्यक्ष घनश्याम राजथलाले गर्नुभएको थियो भने आराधना उपाध्यक्ष तथा प्रार्थना बिभाग सह प्रमुख पा. आशा राईले गर्नुभएको थियो । उक्त विशेष प्रार्थनामा महासंघका हङकङ सद्भावदुत तथा नेपाली ख्रीष्टियन हङकङ काउन्सीलका अध्यक्ष पा. जेम्स कोराङ्गीले कठिनाईको समयमा हामी कसरी अघि बढ्ने भन्ने विषयमा उत्साहपुर्ण बचन बाड्नुभएको थियो ।

प्रार्थना सभामा विभिन्न विषयहरुमा प्रार्थना भएको थिए । जसमा १. कोरोना भाइरस महामारी हटेर जाओस् २. विश्वभर रहेका सम्पूर्ण नेपालीभाषी मण्डलीहरू (चर्च) तथा ख्रीष्टियन संघ संस्थाका पदाधिकारी, पाष्टर, अगुवा, विश्वासीहरुलाई शान्ती, सुरक्षा भएको होस् ३. नेपालको राजनितिक अवस्था स्थिर हुन सकोस् ४. नेपाल सरकार र राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल बीच भएको ३ बुँदे र ६ बुँदे सहमतिहरु पूर्ण रुपमा कार्यन्वयन होस् ५. “हाम्रो अभियान नेपाली ख्रीष्टियन समुदायको स्वभिमान र पहिचान” भन्ने मूल नाराको साथ चितवन घोषणा पत्रको सम्पूर्ण योजनाहरु सफल हुन सकोस् ६. बाँकि रहेका प्रदेशहरुको प्रदेश भेला समयमै सम्पन्न हुन सकोस् भनि उपस्थित पदाधिकारीहरुले प्रार्थना गर्नुभएको थियो । विशेष प्रार्थना कार्यक्रम महासंघका हङकङ सद्भावदुत पा. जेम्स कोराङ्गीले अन्तिम प्रार्थना गरी समापन गर्नुभएको थियो ।

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd