धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

मासिक विशेष प्रार्थना सम्पन्न ।

१५ माघ २०७९ (आइतबार) काठमाण्डौं । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको केन्द्रीय प्रार्थना विभागको विशेष प्रार्थना अभियान भर्चुअल विधि “जुम एप” मार्फत महासंघका पदाधिकारी, बिभिन्न मण्डलीका, पाष्टर, अगुवा तथा विश्वासीहरुको सहभागितामा सम्पन्न भएको छ । सुरुको प्रार्थना सहअध्यक्ष तथा केन्द्रीय प्रार्थना विभाग प्रमुख ए. देउमाया तामाङ्गले गर्नुभएको थियो । संचालन महासंघका सहमहासचिव ए. सुजना बस्नेतले गर्नुभएको थियो भने आराधना महासंघका सचिव तथा आराधना विभाग प्रमुख अनिल राईले गर्नुभएको थियो । उक्त विशेष प्रार्थनामा महासंघका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश दाङ जिल्लाका प्रमुख पा. नरेन्द्र बरालले उत्साहपुर्ण बचन बाड्नुभएको थियो ।

प्रार्थना सभामा विभिन्न विषयहरुमा प्रार्थना भएको थिए । जसमा १.कोरोना भाइरस, डेंगोको महामारी हटेर जाओस् २. विश्वभर रहेका सम्पूर्ण नेपालीभाषी मण्डलीहरू (चर्च) तथा ख्रीष्टियन संघ संस्थाका पदाधिकारी, पाष्टर, अगुवा, विश्वासीहरुलाई शान्ती, सुरक्षा भएको होस् ३.नेपालको राजनितिक अवस्था स्थिर हुन सकोस् ४.नेपाल सरकार र राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल बीच भएको ३ बुँदे र ६ बुँदे सहमतिहरु पूर्ण रुपमा कार्यन्वयन होस् ५.“हाम्रो अभियान नेपाली ख्रीष्टियन समुदायको स्वभिमान र पहिचान” भन्ने मूल नाराको साथ चितवन घोषणा पत्रको सम्पूर्ण योजनाहरु सफल हुन सकोस् ६. बाँकि रहेका प्रदेशहरुको प्रदेश भेला समयमै सम्पन्न हुन सकोस् भनि उपस्थित पदाधिकारीहरुले प्रार्थना गर्नुभएको थियो । विशेष प्रार्थना कार्यक्रम केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश दाङ जिल्लाका प्रमुख पा. नरेन्द्र बरालले अन्तिम प्रार्थना गरी समापन गर्नुभएको थियो ।

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd