धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

मासिक विशेष प्रार्थना सम्पन्न ।

११ मंसिर २०७९ काठ्माण्डौ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको केन्द्रीय प्रार्थना विभागको विशेष प्रार्थना अभियान अन्तर्गत भर्चुअल प्रर्थना मिटिङ सम्पन्न भएको छ । यहि मंसिर ११ गते आइतबार महासंघका विभिन्न पदाधिकारीहरुको भर्चुअल उपस्थितिमा प्रार्थना सभा सम्पन्न भएको हो । उक्त विशेष प्रार्थनामा महासंघका वरिष्ठ सहअध्यक्ष उद्धव प्रसाद चिमोरीयाले बचन बाढ्नुभएको थियो ।

संचालन महासंघका कार्यवाहक महासचिव ज्ञानेन्द्रराज सापकोटाले गर्नुभएको थियो भने आराधना महासंघका सचिव तथा आराधना विभाग प्रमुख अनिल राईले गर्नुभएको थियो । प्रार्थना सभामा विभिन्न विषयहरुमा प्रार्थना भएका थिए । जसमा १. कोरोना भाइरस, डेंगोको महामारी हटेर जाओस् २. विश्वभर रहेका सम्पूर्ण नेपालीभाषी मण्डलीहरू (चर्च) तथा ख्रीष्टियन संघ संस्थाका पदाधिकारी, पाष्टर, अगुवा, विश्वासीहरुलाई शान्ती, सुरक्षा भएको होस् ३. नेपालको राजनितिक अवस्था स्थिर हुन सकोस् ४. नेपाल सरकार र राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल बीच भएको ३ बुँदे र ६ बुँदे सहमतिहरु पूर्ण रुपमा कार्यन्वयन होस् ५. “हाम्रो अभियान नेपाली ख्रीष्टियन समुदायको स्वभिमान र पहिचान” भन्ने मूल नाराको साथ चितवन घोषणा पत्रको सम्पूर्ण योजनाहरु सफल हुन सकोस् ६. बाँकि रहेका प्रदेशहरुको प्रदेश भेला समयमै सम्पन्न हुन सकोस् र ख्रीष्टमस महोत्सब २०७९ सफलताका साथ सम्पन्न गर्न सकियोस भनि उपस्थित पदाधिकारीहरुले प्रार्थना गर्नुभएको थियो । विशेष प्रार्थना सभालाई कार्यक्रम संचालक कार्यवाहक महासचिव ज्ञानेन्द्रराज सापकोटाले धन्यवाद सहित अन्तिम प्रार्थना गरी समापन गर्नुभएको थियो ।

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd