धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

मासिक विशेष प्रार्थना सम्पन्न

९ असोज २०७९ काठमाण्डौ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको केन्द्रिय प्रार्थना विभागले विशेष प्रार्थना अभियान भर्चुअल विधि “जुम एप” मार्फत महासंघका पदाधिकारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पाष्टर, अगुवा तथा विश्वासीहरुको बृहत सहभागितामा सम्पन्न भएको थियो । उपाध्यक्ष तथा सुदुरपश्चिम प्रदेश प्रमुख डा. नरीराम लुहार (बिनोद) ले बाइबलको विभिन्न खण्डबाट उत्साहपूर्ण वचन बाँड्नु भएको थियो । संचालन तथा आराधनाको अगुवाइ सहअध्यक्ष रेभ.पा. सोनाम काबोले गर्नुभएको थियो भने प्रार्थनाको अगुवाइ मण्डली समन्वय विभाग प्रमुख रेभ. सोनाम काबोले गर्नुभएको थियो । विभिन्न विषयहरु जस्तै १. कोरोना भाइरस, डेंगोको महामारी हटेर जाओस् भनेर महासचिव चित्ररेखा ओझा, २. विश्वभर रहेका सम्पूर्ण नेपालीभाषी मण्डलीहरू (चर्च) तथा ख्रीष्टियन संघ संस्थाका पदाधिकारी, पाष्टर, अगुवा, विश्वासीहरुलाई शान्ती, सुरक्षा भएको होस् भनेर सहअध्यक्ष देवमाया तामाङ, ३. नेपालको राजनितिक अवस्था स्थिर हुन सकोस् भनेर डिकन हेम कुमार सुनुवार ४. नेपाल सरकार र राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल बीच भएको ३ बुँदे र ६ बुँदे सहमतिहरु पूर्ण रुपमा कार्यन्वयन होस् भनेर बरिष्ठ सहअध्यक्ष रिता थापा मगर, ५. “हाम्रो अभियान नेपाली ख्रीष्टियन समुदायको स्वभिमान र पहिचान” भन्ने मूल नाराको साथ चितवन घोषणा पत्रको सम्पूर्ण योजनाहरु सफल हुन सकोस् भनेर केन्द्रिय सदस्य पा. बिशाल सुब्बा, ६. एसिया सम्मेलन २०२२ को सफलताको साथै राष्ट्रिय सभा चुनाव शान्त र सुरक्षित वातावरणमा हुन सकोस् भनेर पा.डा. छत्र सुब्बा पावलले प्रार्थना गर्नु भएको थियो । कार्य बहाक अध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीले सहभागी सबैलाई धन्यबाद दिनुभई अन्तिम प्रार्थना गरेर कार्यक्रम समापन गर्नुभएको थियो । हरेक बुधबार बिहान ७ बजे विशेष प्रार्थना अभियान संचालन भइरहेको हुँदा सबैलाई सहभागितको लागि हार्दिक अपिल गर्दछौँ ।

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd