धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

मासिक विशेष प्रार्थना सम्पन्न

१२ भदौ २०७९ काठमाण्डौ Iराष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको केन्द्रिय प्रार्थना विभागले कोरोना भाइरसको महामारीलाई मुख्य प्रार्थनाको विषय बनाई आयोजित विशेष प्रार्थना अभियान भर्चुअल विधि “जुम एप” मार्फत महासंघका पदाधिकारी, राष्ट्रिय तथा अन्तराष्ट्रिय पाष्टर, अगुवा तथा विश्वासीहरुको बृहत सहभागितामा सम्पन्न भएको छ । गण्डकी प्रदेश प्रमुख पा. ओमराज परियारले सुरुको प्रार्थना गरेर कार्यक्रम अगाडी बढाउनु भएको थियो भने शेकेम सिलोआम चर्चको बरिष्ठ पा.डा. छत्र सुब्बा पावलले बाइबलको विभिन्न खण्डबाट उत्साहपूर्ण वचन बाँड्नु भएको थियो । आराधनाको अगुवाइ काठमाण्डौं जिल्ला युवा विभाग प्रमुख जोन शेर्पाले गर्नुभएको थियो भने संचालन तथा प्रार्थनाको अगुवाइ सहअध्यक्ष तथा मण्डली समन्वय विभाग प्रमुख रेभ. सोनाम काबोले गर्नु भएको थियो । विभिन्न विषयहरु जस्तै १. कोरोना भाइरसको महामारी विश्वबाट हटेर जाओस् भनेर सह महासचिव तथा प्रवक्ता ए. ज्ञानेन्द्र राज सापकोटा, २. विश्वभर रहेका सम्पूर्ण नेपालीभाषी चर्च/मण्डलीहरू तथा ख्रीष्टियन संघ संस्थाका पदाधिकारी, पाष्टर, अगुवा, विश्वासीहरुलाई शान्ती, सुरक्षा भएको होस् भनेर महासचिव चित्ररेखा ओझा, ३. नेपालको राजनितिक अवस्था स्थिर हुन सकोस् भनेर सहअध्यक्ष देवमाया तामाङ, ४. नेपाल सरकार र राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल बीच भएको ३ बुँदे र ६ बुँदे सहमतिहरु पूर्ण रुपमा कार्यन्वयन होस् भनेर बरिष्ठ सहअध्यक्ष रिता थापा मगर, ५. “हाम्रो अभियान नेपाली ख्रीष्टियन समुदायको स्वभिमान र पहिचान” भन्ने मूल नाराको साथ ११ बुदेँ काठमाण्डौ घोषणा पत्रको सम्पूणर् योजनाहरु सफल हुन सकोस् भनेर सचिव/काठमाण्डौ जिल्ला अध्यक्ष पा. कुमार गुरुङले प्रार्थना गर्नु भएको थियो । कार्य बहाक अध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीले सहभागी सबैलाई धन्यबाद दिनुभई अन्तिम प्रार्थना गरेर कार्यक्रम समापन गर्नु भएको थियो । हरेक बुधबार बिहान ७ बजे विशेष प्रार्थना अभियान संचालन भैरहेको हुँदा सबैलाई सहभागितको लागि हार्दिक अपिल गर्दछौँ ।

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd