धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

मासिक विशेष प्रार्थना सम्पन्न

१२ असार २०७९ काठमाण्डौ, राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको केन्द्रिय प्रार्थना विभागले कोरोना भाइरसको महामारीलाई मुख्य प्रार्थनाको विषय बनाई आयोजित विशेष प्रार्थना अभियान भर्चुअल विधि “जुम एप” मार्फत महासंघका पदाधिकारी, राष्ट्रिय तथा अन्तराष्ट्रिय पाष्टर, अगुवा तथा विश्वासीहरुको बृहत सहभागितामा सम्पन्न भएको छ । महासचिव चित्ररखेखा ओझाले सुरुको प्रार्थना गरेर कार्यक्रम अगाडी बढाउनु भएको थियो भनेे महासंघका हङकङ सद्भावदुत तथा नेपाली ख्रीष्टियन हङकङ काउन्सीलका अध्यक्ष पा. जेम्स कोराङ्गीले बाइबलको विभिन्न खण्डबाट उत्साहपूर्ण वचन बाँड्नु भएको थियो ।

 

आराधनाको अगुवाइ सचिव अनिल राईले गर्नुभएको थियो भने संचालन तथा प्रार्थनाको अगुवाइ सहअध्यक्ष तथा मण्डली समन्वय विभाग प्रमुख रेभ. सोनाम काबोले गर्नु भएको थियो । विभिन्न विषयहरु जस्तै १. कोरोना भाइरसको महामारी विश्वबाट हटेर जाओस् भनेर सचिव पा. राम (रुबिन) महर्जन, २. विश्वभर रहेका सम्पूर्ण नेपालीभाषी चर्च/मण्डलीहरू तथा ख्रीष्टियन संघ संस्थाका पदाधिकारी, पाष्टर, अगुवा, विश्वासीहरुलाई शान्ती, सुरक्षा भएको होस् भनेर उपाध्यक्ष पा. आशा राई, ३. नेपालको राजनितिक अवस्था स्थिर हुन सकोस् भनेर केन्द्रीय सहमहासचिव सुजना बस्नेत, ४. नेपाल सरकार र राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल बीच भएको ३ बुँदे र ६ बुँदे सहमतिहरु पूर्ण रुपमा कार्यन्वयन होस् भनेर केन्द्रिय सदस्य पा. जीवन बस्नेत, ५. “हाम्रो अभियान नेपाली ख्रीष्टियन समुदायको स्वभिमान र पहिचान” भन्ने मूल नाराको साथ ११ बुदेँ काठमाण्डौ घोषणा पत्रको सम्पूणर् योजनाहरु सफल हुन सकोस् भनेर सहअध्यक्ष तथा केन्द्रीय महिला विभाग प्रमुख डोमा राईले प्रार्थना गर्नु भएको थियो । कार्य बहाक अध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीले सहभागी सबैलाई धन्यबाद दिनुभई अन्तिम प्रार्थना गरेर कार्यक्रम समापन गर्नु भएको थियो । हरेक बुधबार बिहान ७ बजे विशेष प्रार्थना अभियान संचालन भैरहेको हुँदा सबैलाई सहभागितको लागि हार्दिक अपिल गर्दछौँ ।

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd