धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

महिला विभागले दिदीबहिनीहरुलाई सिप विकास तालिम दिने

१६ फागुन २०७४, ललितपुर । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको केन्द्रिय महिला विभागका अध्यक्ष डोमा राईज्यूको अध्यक्षतामा महासंघको कार्यालयमा विभागको बैठक सम्पन्न भएको छ । बैठकले आउँदो २३ गते शालेम मण्डली वानेश्वरमा दिउँसो ११ बजे दिदीबहिनीहरुलाई आर्यआर्जनको निम्ति साबुनको झोल बनाउने तालिम राख्ने निर्णय गरेको हो । साथै आँउदो २४ गते अन्तराष्ट्रिय नारी दिवसको अवसरमा दिउँसो ११ बजे महासंघको केन्द्रिय कार्यालयमा विशेष कार्यक्रम गरिने जनाएको छ । महासंघका अध्यक्ष सी.वी. गहतराजज्यूले महासंघको स्थापना त्यसको भोगाई, कार्यदिशा, भावी कार्ययोजनाको विषयमा बताउनु भई दिदीबहिनीले महासंघमा पु-याएको यागदान र भुमिकाको सराहानीय गर्नुभएको थियो । साथै सचिव तथा व्यवस्थापन विभाग प्रमुख पा. उद्धव चिमोरियाज्यूले दिदीबहिनीहरुको भुमिकाको बारेमा प्रस्ट पार्दै अबको दिनमा अझ सशक्त भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd