धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

महिला विभागले असहाय दिदीबहिनीहरुको कोष खडा गर्ने

२४ माघ २०७४, ललितपुर । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको केन्द्रिय महिला विभागका अध्यक्ष डोमा राईज्यूको अध्यक्षतामा महासंघको कार्यालयमा विभागको बैठक सम्पन्न भएको छ । बैठकले मण्डलीको असहाय दिदीबहिनीहरुको आर्थिक स्तर वृद्धि गर्नको लागि कमिटिबाट कोष खडा गर्ने बताइएको छ भने केन्द्रको अनुमतिबाट प्रदेश नं. ६ मा प्रादेशिक महिला समिति गठन गर्ने साथै आवद्ध सदस्यहरुको नवीकरण गरी नयाँ सदस्य भएका दिदीबहिनीहरुलाई विभागमा आवद्धता गराउने निर्णय गरेको छ । उक्त बैठकको सुरुको प्रार्थना अध्यक्ष डोमा राईज्यूले गर्नुभई अन्तिमको प्रार्थना कोषाध्यक्ष तारा लिम्बुज्यूले गर्नुभएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd