धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

महिला विभागद्वारा सिपमुलक तालिम सम्पन्न

२३ फागुन २०७४, काठमाण्डौँ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको केन्द्रिय महिला विभागको आयोजनामा साबुनको झोल बनाउने सिपमुलक तालिम काठमाण्डौँ बुद्धनगरस्थित शालेम मण्डलीमा सम्पन्न भएको छ । तालिमका प्रशिक्षक राइज एण्ड साइनका कार्यकारी निर्देशक सविना चाम्लिङज्यूले सिकाउनुभएको सो सिपमूलक तालिममा महिला विभागका पदाधिकारीज्यूहरु र विभिन्न मण्डलीबाट ३५ जना भन्दा दिदीबहिनीहरुको सहभागिता रहेको हो । साबुनको झोलमा रसायन पदार्थहरुको मिसावटबाट तयारी साबुनमा परिणत हुदाँ लाग्ने डेढ घण्टाको समयमा दिदीबहिनीहरुले आफूले प्राप्त गरेको आशिष र गवाही बाँडनुभई थप सम्बन्ध विस्तारमा सहयोग पुगेको थियो । तालिममा सहभागि सबैलाई केन्द्रिय अध्यक्ष डोमा राईज्यूले उत्साहका बचन बाँडनुभई दिदीबहिनीहरुलाई अल्छी बन्ने होइन तर परिश्रमी व्यक्ति भई आयआर्जनको स्तर वृद्धि गर्नुपर्नेमा उभिप्रेरित गर्नुभयो । साथै विभिन्न सिपमूलक तालिम दिई दिदीबहिनीहरुलाई सक्षम बनाई आर्थिक स्तर वृद्धि गर्नको लागि सो तालिम दिइएको बताउनुभयो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd