धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

महिला विभागद्धारा ख्रीष्टमस शुभकामना आदनप्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न

५ पुस २०७४, काठमाण्डौँ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल केन्द्रिय महिला विभागले काठमाण्डौँ पुतलीसडकस्थित बेथशालोम चर्चमा ख्रीष्टमस शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।  महासंघका केन्द्रिय उपाध्यक्ष तथा अन्तराष्ट्रिय विभाग प्रमुख अन्ना पेडनज्यूले शुरुको प्रार्थना गर्नुभएको सो कार्यक्रममा केन्द्रिय महिला विभागका प्रमुख डोमा राईज्यूको सभापतित्व र महिला सहकारी संस्थाका कार्यकारी निर्देशक, नेपाल भाषा मिसा खलका सचिव तथा विभिन्न समाजसेवामा आवद्ध समाजसेवी उर्मिला डंगोलको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै विशेष अतिथिहरुमा हायर ग्राउण्ड सामुदायिक विकास नेपालका कार्यकारी निर्देशक श्री. विमला श्रेष्ठ पोखरेल, क्याम्पस क्रुसेडको राष्ट्रिय प्रार्थना संयोजक तथा (Women initiative ministry chief) आरती कठायत, राइज एण्ड साइनका कार्यकारी निर्देशक सविना चामलिङ लगायतका महासंघका पदाधिकारीज्यूहरु मञ्चमा हुनुहुन्थ्यो । कार्यक्रममा मन्तव्य दिने क्रममा प्रमुख अतिथि समाजसेवी उर्मिला डंगोलज्यूले महासंघ अन्र्तगत केन्द्रिय महिला विभागले महिलाहरुलाई सबल र सक्षम बनाउन जुन लिडरसिप लिएको छ त्यसले महिलाहरुको जीविकोर्पाजन, कुशल नेतृत्व दिन महत्वपुर्ण भुमिका खेलेकोमा सम्पुर्ण टिमको नै प्रशंसा गर्नुभयो साथै आगामी दिनमा विभागले महिलाहरुको पक्षमा महत्वपुर्ण कार्य गर्ने कुरामा विश्वस्त हुँदै ख्रीष्ट जन्मोत्सवको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रमलाई थप मनोरञ्जन दिन विभिन्न समुह तथा झुण्डबाट विभिन्न नृत्य तथा गीतहरु प्रस्तुत गरिएको थियो । कार्यक्रमको कुशल संचालन महिला विभागका सचिव तथा केन्द्रिय सदस्य पुजा श्रेष्ठ पराजुलीले पहिलो भाग र ललितपुर महिला विभागका अध्यक्ष तथा केन्द्रिय सदस्य पा. आशा राईज्यूले दोस्रो भागको संचालन गर्नुभएको थियो भने कार्यक्रमको अन्तमा अध्यक्ष डोमा राईज्यूले आगन्तुत अतिथि पाहुना तथा उपस्थित सबैलाई धन्यवाद दिँदै ख्रीष्ट जन्मोत्सवको शुभकामना व्यक्त गनुभएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd