धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

महिला विभागको ख्रीष्टमस शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

 

काठमाडौं पौष ६, २०७६, (आईतबार) राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल अन्तर्गत महिला विभागले कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा ख्रीष्टमस शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।महासंघका बरिष्ठ सहअध्यक्ष रेभ.डा. फिलेमोन खड्का क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपत्यकाका विभिन्न मण्डलीका पाष्टर, अगवाहरुका साथै दिदीबहिनी सँगतिका अगुवाहरूको उल्लेखिय उपस्थिति रहेको थियो । कार्यक्रममा महासंघका सह–अध्यक्ष रिता थापा (काबो)ले परमेश्वरको बचनबाट सबैलाई उत्साहका साथै वडादिन अर्थात ख्रीष्टमसको महत्वका बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा अतिथिको रुपमा उपस्थित महासंघका उपमहासचिव तथा प्रवक्ता रेभ. उद्धव चिमोरिया, अपाङ्ग अनुसन्धान तथा विकास केन्द्रको अध्यक्ष निलकण्ठ पौडेल, बरिष्ठ समाज सेवी उर्मिला डंगोल, महासंघका सल्लाहकार शोभा स्थापित, लगायतले समारोहमा ख्रीष्टमसको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको अवसरमा केन्द्रिय महिला विभागले आयस्तर कमजोर भएका महिलाहरुलाई जाडोबाट जोगिन केही न्यानो कपडा समेत वितरण गरेको थियो । विभागकी अध्यक्ष डोमा राईले सबैलाई धन्यवादका साथै शुभकामना दिनु भई कार्यक्रम समापन भएको थियो । वरिष्ठ पास्टर जर्न राईले अन्तिम तथा आशीर्वादको प्रार्थना गर्नुभएको थियो । कार्यक्रम महासंघकी केन्द्रिय सदस्य चित्ररेखा ओझाले कुशलताका साथ सञ्चालन गर्नुभएको थियो ।

                       

महिला विभागले सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली भाषी मण्डली परिवार लगायत अन्य सबैमा ख्रीष्टमस २०७६ तथा नयाँ वर्ष २०२० को हार्दिक शुभकामना व्यक्ति गरिएको छ ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd