धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

महिला विभागको आयोजनामा ख्रीष्टमस शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।

६ पौष २०७९ काठमाण्डौ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल, महिला विभागद्धारा ख्रीष्टमस शुभकामना आदान प्रदान कार्यक्रम आज सम्पन्न भएको छ । ख्रीष्टियन समुदायको महान उत्सव ख्रीष्टमस २०७९ को सुअवसरमा महिला दिदीबहिनीहरु भेटघाट तथा शुभकामना बाटचुट गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । महासंघका कार्यवाहक अध्यक्ष तथा महिला विभाग प्रमुख डोमा राईको सभाध्यक्षतामा एकान्तकुनाको एक रेष्टुरेन्टमा सम्पन्न उक्त कार्यक्रममा ५० जना भन्दा बढी महिला दिदीबहिनीहरुको उपस्थिति रहेको थियो । उहाँहरुमध्ये अधिकांस महासंघका पदाधिकारी, मण्डलीका पास्टर, अगुवाहरु रहनुभएको थियो । ख्रीष्टमस शुभकामना आदानप्रदान कार्यक्रममा सालेम प्रार्थना मण्डलीका क्वायर टिमले संगीतको भाग सम्हालेको थियो भने कार्यक्रमको सुरुको प्रार्थना महासंघका उपाध्यक्ष आशा राईले गर्नुभएको थियो ।

महासंघका कार्यवाहक अध्यक्ष डोमा राईले बाइबलका विभिन्न खण्डहरुबाट उत्साहपूर्ण वचन बाढ्नुभएको थियो । त्यस्तै कार्यक्रममा महिला दिदीबहिनीहरुलाई उत्साह दिन महासंघका सहअध्यक्ष उद्धव चिमोरीयाले केही उत्साहपूर्ण मन्तब्य राख्नुभएको थियो भने कार्यवाहक महासचिव ज्ञानेन्द्रराज सापकोटाले महासंघका लागि महिलाहरुको भुमिकाका विषयमा मन्तब्य राख्नुभएको थियो । त्यस्तै कार्यक्रममा बोल्दै लामो समयदेखि अस्ट्रेलियामा रही प्रभुको काम गरिहनुभएका जीवन रायमाझिले महिला दिदीबहिनीहरुका लागि शुभकामना आदानप्रदान कार्यक्रमले नयाँ उमंग ल्याएको बताउनुभयो । कार्यक्रमको सञ्चालन महासंघका सहमहासचिव सुजना बस्नेतले गर्नुभएको थियो । विभिन्न सांस्कृतीका प्रस्तुती सहित ख्रीष्टमसको शुभकामना साटासाट गर्दै हर्साेउल्लासका साथ ख्रीष्टमस शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको थियो ।

 

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd