धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

महासंघ र माननीय परराष्ट्रमन्त्री डा. नारायण खड्का बिच भेट ।

४ पौष २०७९ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालद्धारा माननीय परराष्ट्रमन्त्री डा. नारायण खड्काबिच भेटवार्ता भएको छ । भेटमा महासंघले यहि पौष १० गते आयोजना गर्न गईरहेको उपत्यकाव्यापी ख्रीष्टमस महोत्सव २०७९ को बारेमा मन्त्री खड्कालाई जानकारी दिईएको थियो । नेपालमा रहेका सबै ख्रीष्टियन समुदायलाई मन्त्री खड्काले ख्रीष्टमसको शुभकामना दिनुभएको छ । त्यस्तै हालै सम्पन्न आम निर्वाचनमार्फत प्रतिनिधि सदस्यमा पुन : निर्वाचित हुनुभएकोमा माननीय मन्त्री खड्कालाई महासंघको टोलीले खदा लगाई सम्मान सहित शुभकामना व्यक्त गरको थियो । भेटघाटका क्रममा महासंघका तर्फबाट जानुभएका अष्ट्रेलियाका सदभावदुत पा. जीवन रायमाझिले अस्ट्रेलियामा रहेका नेपाली भाषी ख्रीष्टियन समुदायको पक्षमा महासंघले लामो समयदेखि भुमिका खेलिरहेको र त्यसमा परराष्ट्र मन्त्रालयको पनि पूर्ण सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । मन्त्री खड्काले पनि त्यसप्रति आफुहरु सधै नै सकारात्मक रहेको र प्रवासी नेपालीहरुको पक्षमा मन्त्रालयले सधैव काम गरिरहेको उहाँले बताउनुभयो ।

आजको भेटघाटमा महासंघका कार्यवाहक अध्यक्ष डोमा राई, सहअध्यक्ष तथा राजनितिक विभाग प्रमुख उद्धव चिमोरीया, कार्यवाहक महासचिव तथा प्रवक्ता ज्ञानेन्द्र्रराज सापकोटा, उपमहासचिव करण सिलवाल, महासंघको तर्फबाट अष्ट्रेलियाका सदभावदुत पा. जीवन रायमाझि र प्रेस सल्लाहकार गोविन्द विश्वकर्मा रहुनभएको थियो ।

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd