धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

महासंघ बर्दिया जिल्ला समितिको प्रशिक्षण कार्यक्रम सम्पन्न

बर्दिया/ बाँके राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल बर्दिया जिल्ला समितिको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । महासंघका अध्यक्ष सि,वी गहतराजज्यू र महासंघ ५ नंं प्रदेशका प्रमुख टेकविक्रम हिताङ ज्युले प्रशिक्षण दिनुभएको हो । जिल्लाका विभिन्न मण्डली (चर्च) समुह र ख्रीष्टियन संघसंस्थाबाट व्यापक उपस्थिती रहेको सो प्रीशक्षण कार्यक्रममा अध्यक्ष सी.वी. गहतराजज्यूले महासंघको उदेश्य र वर्तमान परिस्थ्तिी तथा भावी योजनाको विषयमा प्रशिक्षण दिनुभएको थियो । इसाईहरुलाई गरिएको विभेद देखेर देशका सबै इसार्इहरुको आफूमा चिन्ताको विषय रहेको बताउँनुहुँदै उहाँले पछिल्लो अबस्थामा ख्रीष्टियन समुदायमाथी भएको विभेदको सम्बन्धमा महासंघले सरकारसँग समुदायको हक हितको पक्षमा निरन्तर पैरवी गरिरहने बताउँनुभयो ।साथै उहाँले राज्यबाट ख्रीष्टियन समुदायलाई चारैतिरबाट विभिन्न भुठा आरोप लगाउँदै आएकोले सबै एक भएर काम गर्न अनुरोध समेत गर्नुभएको छ । कार्यक्रममा सम्पूर्ण ख्रीष्टियन मण्डली (चर्च) समुहहरू, समाज, विभिन्न मण्डली सम्प्रदाय, पाष्टर तथा अगुवा समुह तथा धार्मिक समुदायसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूलाई महासंघमा आवद्ध हुन आह्वान गरिएको थियो भने मण्डलीमा हुने विभिन्न क्रियाकलापलाई सचेत रुपमा सञ्चालन गर्न अनुरोध गर्दै ख्रीष्टियन महासंघमा आबद्द मण्डलीको लागि सोही अवसरमा प्रमाण पत्र हस्तान्तरण गरिएको थियो । त्यसैगरी बाँके जिल्ला पास्टर तथा अगुवा प्रार्थना संगतिले आयोजना गरेको धन्यवाद कार्यक्रममा सहभागीता जनाउनुहुँदै अध्यक्ष गहतराजज्यूले सोहि धन्यवाद कार्यक्रममा महासंघको उदेश्य के हो भन्ने कुरा स्पष्ट हुन आग्रह गर्नुभएको छ । पास्टर तथा अगुवा प्रार्थना संगतिमा सहभागी रहेका केही पास्टर अगुवाज्यूहरुले मन्तव्य राख्ने क्रममा नेपालगञ्जमा थुनामा रहेका ब्यक्तिहरुलाई रिहाई गर्ने महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा धन्यवाद दिनुभएको छ ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd