धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

महासंघ प्रार्थना विभागको मिलिजुली संगति बुढानिलकण्ठमा सम्पन्न

मिलिजुली संगति बुढानिलकण्ठमा

२४ जेठ, काठमाण्डौँ । आज राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको प्रार्थना विभागका प्रमुख देउमाया तामाङको अध्यक्षतामा नयाँ सृष्टि मण्डली बुढानिलकण्ठमा मिलिजुली संगति सम्पन्न भएको छ ।

नयाँ सृष्टि मण्डलीका पा. मिनिकुमार राईले सुरुको प्रार्थना गरी एस्तर के.सी.ले आगन्तुक सबैलाई स्वागत गर्नुभएको उक्त कार्यक्रममा सिलोआम टोखा चर्चका पा. राजेन्द्र लामाले उत्साहजनक, अभिप्रेरित आशिषमय वचन बाँड्नुभएको थियो भने आराधनामा तबिता तामाङले अगुवाई गनुभएको थियो । कार्यक्रममा प्रार्थना विभागले विभिन्न विषयहरुमा प्रार्थना गरी कार्यक्रमको समापन भएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd