धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

महासंघ चितवन जिल्ला समितिबाट थुनामुक्त भएकाहरुको भव्य स्वागत

८ असोज २०७४, चितवन । भरतपुरस्थित नौरङ्गे मण्डली चितवनमा राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपाल चितवन जिल्ला समितिका अध्यक्ष पा. विष्णु परियारज्यूको संयोजकत्वमा जिल्ला समिति चितवनबाट झुठा मुद्धामा उच्च अदालत सुर्खेतबाट थुनामुक्त भएका सल्यान जिल्ला कारागारबाट लाली पुन एवंम दाङ्ग जिल्ला कारागारबाट रुपलाल परियार, गंगा परियार र बिमकली बुढा र सल्यान जिल्लाबाट सफाई पाएका रुपा थापालाई आज माला लगाएर भव्य स्वागत सहित भेटी उठाएर आर्थिक संकलन गरी आर्थिक सहायता गरिएको छ । महासंघ चितवन जिल्ला समितिका अध्यक्ष परियारले आफनो घडि समेत फुकालेर थुनामुक्त रुपलाल परियारलाई कार्यक्रममा प्रदान गर्नुभएको थियो । त्यसैगरी सो कार्यक्रममा महासंघका केन्द्रिय अध्यक्ष सी.वी. गहतराज, महासचिव पा. पदमनाथ पराजुली, केन्द्रिय सदस्य बल बहादुर ताम्राकार र अन्र्तराष्ट्रिय सल्लाहकार पा. राजेश तिवारीको समेत उपस्थित रहेको थियो ।  

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd