धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

महासंघलाई केन्द्रिय तथ्याङ्क विभागको साथ र सहयोग रहने

२०७७ असोज ०५, काठमाडौं ! राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सी. बी. गहतराजको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डल र केन्द्रिय तथ्याङ्क विभाग, काठमाडौंका महानिर्देशक श्री नविन लाल श्रेष्ठ लगायत विभागका विभिन्न शाखा प्रमुखहरुसँग विभागको सभाहलमा आज राष्ट्रिय जनगणना २०७८ सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ ।

देश विदेशमा रहेका सम्पूर्ण नेपाली ख्रीष्टियनहरुको प्रतिनिधित्व गर्दै राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले आगामी वर्ष केन्द्रिय तथ्याङ्क विभागले गर्न लागिको राष्ट्रिय जनगणना २०७८ मा नेपाली ख्रीष्टियन समुदायको भूमिका, नेपाल सरकारलाई सहायतागर्ने सम्बन्धमा, २०६८ सालमा भएको राष्ट्रिय जनगणनामा नेपाली ख्रीष्टियन समुदायको गम्भिर असहमति रहेकोमा आगामी वर्ष हुन गइरहेको राष्ट्रिय जनगणनामा त्यस प्रकारको परिस्थिति हुन नदिनका लागि गर्न सकिने विकल्पहरु साथै राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले गर्न लागेको नेपाली ख्रीष्टियन समुदायको सर्वेक्षण सम्बन्धमा जानकारी महासंघका अध्यक्ष सि.बि.गहतराजले विभागलाई गर्नुभएको थियो ।

केन्द्रिय तथ्याङ्क विभागका महानिर्देशक श्री नविन लाल श्रेष्ठले नेपाली ख्रीष्टियन समुदाय पनि राज्यको अभिन्न अंग भएको भन्दै निम्न लिखित बुँदाहरुमा केन्द्रय तथ्याङ्क विभागको साथ, सहयोग र ऐकबद्धता रहको छ भनी प्रतिवद्धता व्यक्त गर्नु भएको थियोः

१. नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०६८ सालको प्रतिवेदनले देखाएको नेपाली ख्रीष्टियनहरुको संख्य प्रति राष्ट्रिय ख्रीष्टियन महासंघको गम्भिर असहमति रहेकोमा आगामी वर्ष अर्थात २०७८ सालमा हुने राष्ट्रिय जनगणनामा त्यस प्रकारको परिस्थिति नआओस् भन्नका लागि केन्द्रिय तथ्याङ्क विभाग र राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले आवश्यक समन्वाय तथा सहकार्य गर्ने । २.आगामी वर्षमा हुन गइरहको राष्ट्रिय जनगणना २०७८ मा सबै जिल्ला तथा स्थानीय तहहरुमा अल्पसंख्यक ख्रीष्टियन समुदायको प्रतिनिधि सुनिश्चित गर्न केन्द्रिय तथ्याङ्क विभागले समन्वयकारी भूमिका निर्वाह गर्ने । ३. देशै भरी राष्ट्रिय जनगणना २०७८ सम्बन्धि सचेतना अभियान सञ्चालनका लागि केन्द्रिय तथ्याङ्क विभागले राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालसँग सहकार्यका साथै आवश्यक समन्वाय गर्ने । ४. राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले नेपाली ख्रीष्टियन समुदायको सर्वेक्षण गर्ने सम्बन्धमा विभागको ऐकबद्धताका र आवश्यक सहयोग रहने । त्यसै गरी महानिर्देशक श्रेष्ठले राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाललाई आवश्यक सरसल्लाहा तथा सहयोगका सम्बन्धमा आफ्ना विभिन्न शाखा प्रमुखहरुलाई सबै प्रकारका सहयोग गर्नु भनी निर्देशन दिनु भएको छ ।

महासंघले नेपाल सरकारलाई आगामी राष्ट्रिय जनगणना सफलताका साथ सम्पन्न गर्नका लागि सबै प्रकारको साथ सहयोग गर्ने प्रतिबद्धता जनाउँदै नेपाल सरकार तथा केन्द्रिय तथ्याङ्क विभागले नेपाली ख्रीष्टियन समुदायप्रति देखाएको सदसयता तथा सर्वेक्षका लागि नेपाली ख्रीष्टियन समुदायको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

बैठकमा महासंघको तर्फबाट महासंघका अध्यक्ष लगायत वरिष्ठ सहअध्यक्ष रेभ.डा.फिलेमोन क्षेत्री, मण्डली समन्वय विभाग प्रमुख रेभ. पा.सोनाम काबो, उपमहासचिव पा.धनराज घिमिरे, सचिव पा.प्रेम कार्की बैठकमा उपस्थिति रहेको थियो ।

महासँगले नेपाली ख्रीष्टियन समुदायको हकहित तथा अधिकार सुनिश्चत गर्नका लागि आगामी वर्ष अर्थात २०७८ सालमा हुने राष्ट्रिय जनगणना सम्बन्धि सचेतना अभियान तथा नेपाली ख्रीष्टियन समुदायको सर्वेक्षणका सम्बन्धमा नेपाल सरकारको सम्बन्धित निकाय केन्द्रिय तथ्याङ्क विभागको साथ, सहयोग तथा ऐकबद्धता रहेकोले सबै नेपाली ख्रीष्टियन समुदाय यस महान अवियानमा र राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले गर्ने नेपाली ख्रीष्टियन समुदायको सर्वेक्षणमा प्रार्थना सहित सक्रिय सहभागिता र सहकार्यका लागि महासंघले आव्हान गरेको छ । साथै यस अभियान सफल पार्नका लागि पत्रकार लगायत सबै पक्षहरुलाई हार्दिक अनुरोध पनि महासंघले गरेको छ ।

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd