धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

महासंघको १३ औँ राष्ट्रिय भेला सफल बनाउन पत्रकार सम्मेलन सम्पन्न

काठमाडौं, २०७७ असोज ७ गते । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले ललितपुरमा आज एक पत्रकार सम्मेलनको आयोजना गरी “हाम्रो अभियान, नेपाली ख्रीष्टियन समुदायको स्वभिमान र पहिचान” भन्ने मुल नाराका साथ १३ औं राष्ट्रिय भेला मिति २०७७ साल असोज ११ गते तदानुसार २०२० सेप्टेम्बर २७ तारिखका दिन भर्चुअल विधि जुम एप मार्पmत अपरन्ह ४ः४५ बजे आयोजना गर्ने बारे जानकारी गराएको छ । भैंसेपाटी स्थित क्वालिटी फूडल्यान्ड क्याफेमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष सी.बी. गहतराजले १३ औँ राष्ट्रिय भेलामा महासंघका सबै पदाधिकारीहरु, सदस्यहरु, महादेश प्रमुखहरु, सद्भावदूतहरु तथा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपालीभाषी मण्डलीका पाष्टर, अगुवा तथा मण्डलीका विश्वासीज्यूहरु र पत्रकार मित्रहरुलाई गरिमामय सहभागिताको लागि हार्दिक आमन्त्रण गर्नुका साथै सफलताका लागि प्रार्थना गर्न अपिल गर्नुभएको छ । उपाध्यक्ष रेभ. पा. बाबुराम हिङ्गमाङ्गले सुरुको प्रार्थना गरेर कार्यक्रम सुरु गर्नुभएको थियो भने उपमहासचिब एवम् प्रवक्ता रेभ. पा. उद्धव चिमोरियाले प्रेस विज्ञप्ति वाचन गर्नुभएको थियो । उपमहासचिब पा. धनराज घिमिरेले १३ औँ राष्ट्रिय भेलाको सम्बन्धमा मन्तब्य राख्नु भयो भने बरिष्ठ सहअध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीले सबै सहभागिहरुलाई धन्यवाद दिनुहुँदै अन्तिम प्रार्थना गरेर कार्यक्रम समापन गर्नुभयो । उपाध्यक्ष तथा ३ नं प्रदेश संयोजक पा. कृष्ण परियारले कार्यक्रम कुसलताका साथ संचालन गर्नुभएको थियो ।

 

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd