धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

महासंघको १३ औँ राष्ट्रिय भेला ११ बुदेँ काठमाण्डौँ घोसना पत्र जारी गर्दै सम्पन्न

काठमाडौं, २०७७ असोज १२ गते । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले काठमाण्डौमा “हाम्रो अभियान, नेपाली ख्रीष्टियन समुदायको स्वभिमान र पहिचान” भन्ने मुल नाराका साथ १३ औं राष्ट्रिय भेला ११ बुदेँ काठमाण्डौँ घोसना पत्र जारी गर्दै २०७७ साल असोज ११ गते तदानुसार २०२० सेप्टेम्बर २७ तारिखका दिन भर्चुअल विधि जुम एप मार्फत सम्पन्न गरेको छ । भेलाका अध्यक्षता अध्यक्ष सी.बी. गहतराजले गर्नुभएको थियो भने महासंघका भूतपूर्व अध्यक्ष रेभ. डा. सुन्दर थापाले सुरुको प्रार्थना गरेर कार्यक्रम सुरु गर्नुभएको थियो । आराधनाको अगुवाइ मण्डली विभाग प्रमूख रेभ. पा. सोनाम काबोले गर्नुभएको थियो भने वचनको सेवकाई बरिष्ठ सहअध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीले गर्नुभयोे । उपस्थित सबैलाई सहअध्यक्ष रीता थापा मगरले स्वागत गर्नु भएको थियो ।

बि.एन.सि.ए. का अध्यक्ष पाष्टर भद्र राई र कानूनी सल्लाहाकार पा. बुद्ध घिसिङ्गले शुभकामना सन्देश दिनु भयो भने इजरायलका लागि सद्भावदूत पा. माया सुनुवार, संयूक्त राज्य अमेरिकाका लागि सद्भावदूत पा. डा. मनोज श्रेष्ठ, अष्टेलिया महादेश प्रमुख मुना पाण्डे, एसिया महादेश प्रमुख रेभ. पा. राजु बराईली, यूरोप महादेश प्रमुख पा. डा. डम्बर अधिकारी, संयूक्त राज्य अमेरिका महादेश प्रमुख पा. डा. प्रकाश मेघी गुरुङ्ग लगाएतले आ–आफ्नो गतिविधिको जानकारी दिनुका साथै महासंघ प्रतिको धारण व्यक्त दिनुभएको थियो ।

सहअध्यक्ष तथा संगठन विभाग प्रमूख पा. टेक विक्रम हिताङ्गले राष्ट्रिय भेला २०७७ को विषय वस्तु प्रस्तुत गर्नु भएको थियो भने उपमहासचिव धनराज घिमिरेले आर्थिक वर्ष २०७६/७७ को प्रगति विवरण प्रस्तुत गर्नुको साथै महासंघको विधान संशोधन सम्बन्ध पेश गर्नु भएको थियो । कोषाध्यक्ष सुशिला खड्काले आर्थिक वर्ष २०७६/७७ को आर्थिक विवरण प्रस्तुत गर्नु भएको थियो ।

उपाध्यक्ष तथा सचिवालय सदस्य रेभ. पा. कृष्ण परियारले २०७७/७८ को लागि लेखा परिक्षकको नियुक्ति तथा पारिश्रमिक, संस्था नविकरण तथा अख्तियारी प्रदान सम्बन्ध र बरिष्ठ सहअध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीले निर्णय फिर्ता लिने सम्बन्धमा प्रस्ताव पेश गर्नुभएको थियो ।

अध्यक्ष सी.बी गहतराजले आर्थिक वर्ष २०७७/७८ को नीति, कार्यक्रम तथा अनुमानित बजेट पेश गर्नुका साथै १३ औँ राष्ट्रिय भेलाको ११ बुदेँ काठमाण्डौँ घोसना पत्र सार्बजनिक गर्नुभयो भने भेलामा उपस्थित सम्पूर्ण महासंघका सबै पदाधिकारीहरु, सातै प्रदेशका प्रमूखहरु, सदस्यहरु, महादेश प्रमुखहरु, सद्भावदूतहरु, संघसस्थाका प्रमूखहरु तथा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपालीभाषी मण्डलीका पाष्टर, अगुवा तथा मण्डलीका विश्वासीज्यूहरु र पत्रकार मित्रहरुलाई बृहत र गरिमामय सहभागिता जनाउनु भएकोमा धन्यवाद ज्ञापन गर्दै “हाम्रो अभियान, नेपाली ख्रीष्टियन समुदायको स्वभिमान र पहिचान” मूल नारा र ११ बुदें घोषणा पत्रलाई कार्यन्वयनको लागि सबैमा प्रार्थना, साथ, सहयोग र सहकार्यको लागि आहवान गर्नुभएको छ ।

 

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd