धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

महासंघको विश्वब्यापी सद्भावदुतहरुको पहिलो तथा ऐतिहासिक शिखर सम्मेलनबारे जानकारी दिन महासंघको पत्रकार सम्मेलन

मंसिर ३, २०७६ राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको प्रवासी तथा गैह्र आवसिय समन्वाय विभागको नोभेम्वर ८ देखि ११ सम्ममा भएको विश्वब्यापी सद्भावदुतहरुको पहिलो तथा ऐतिहासिक शिखर सम्मेलन बारे जानकारी दिन पत्रकार सम्मेलन गरिएको छ । संचालन उप–महासचिव पा. धनराज घिमिरले गर्नुभएको थियो र उपमहासचिव एबम् प्रबक्ता रेभ. उद्धव चिमोरियाले प्रेस विज्ञप्ती बाचन गरेर सुनाउनुभयो । महासंघको अध्यक्षले कार्यक्रममा सम्पुर्णलाइ धन्यवाद, ख्रीष्टमसको शुभकामना र ख्रीष्टमसको दिन सार्वजनिक बिदाको बारेमा आफ्नो धारणा राख्नुभएको थियो । समापनको प्रार्थना सहअध्यक्ष पा. तेजमान तामाङले गर्नुभएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd