धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

महासंघको भारतका लागि सद्भावदूतज्यूलाई विशेष स्वागत कार्यक्रम सम्पन्न

५ असार २०७९ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालद्वारा आयोजित भारतका लागि सद्भावदूत पा. अभय शर्माज्यूलाई विशेष स्वागत कार्यक्रम कार्यवहाक अध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीज्यूको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा संरक्षक सी.बी. गहतराज, बरिष्ठ सहअध्यक्ष तथा अन्तराष्ट्रिय विभाग प्रमुख अधिवक्ता रिता थापा मगर काबो लगाएतका पदाधिकारीहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

 

सद्भावदूत पा. अभय शर्माज्यूको परिचय बरिष्ठ सहअध्यक्ष तथा अन्तराष्ट्रिय विभाग प्रमुख अधिवक्ता रिता थापा मगर काबोले गर्नु भयो भने कार्यबहाक अध्यक्ष, संरक्षक सी.बी. गहतराज लगाएत पदाधिकारीहरुले खादा लगाएर स्वागत गर्नु भयो । त्यसैगरि कार्यबहाक अध्यक्षज्यूले सद्भावदूत शर्मालाई सद्भावदूत नियुक्त प्रमाण पत्र हस्तान्त्रण गर्नु भयो । सद्भावदूत शर्माले आफूलाई महासंघले गरेको स्वागत र देखाउनु भएको सम्मानप्रती कृतज्ञता प्रकट गर्नु भयो ।

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd