धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

महासंघको प्रवास समन्वय समिति अमेरिकाका सदस्य एवं व्याप्टिष्ट काउन्सिलका अन्तराष्ट्रिय संयोजक डा. प्रकाश मेघी गुरुङज्यूलाई स्वागत

२७ कात्र्तिक २०७४, ललितपुर । लामो समयदेखि अमेरिकामा रही सेवकाईका क्षेत्रमा अहम भुमिका निर्वाह गर्दै आइरहनुभएका व्याप्टिष्ट काउन्सिलका अन्तराष्ट्रिय संयोजक डा. प्रकाश मेघी गुरुङज्यूलाई राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको तर्फबाट स्वागत कार्यक्रम सम्पन्न भएको छ । महासंघका महासचिव पा. पदमनाथ पराजुलीज्यूले स्वागत कार्यक्रमको सञ्चालन गर्नुभएको सो कार्यक्रममा सह–अध्यक्ष रेभ. शामूएल सोदेम्बाज्यूले सुरुको प्रार्थना गर्नुभएको हो । कार्यक्रममा महासंघका अध्यक्ष सी.वी. गहतराजज्यूले डा. प्रकाश मेघी गुरुङज्यूलाई महासंघको प्रवास समन्वय समिति अमेरिकाका सदस्यताको प्रमाण पत्र हस्तान्तरण गर्नुभएको थियो भने आगामी दिनमा ख्रीष्टियन समुदायको हितमा व्याप्टिष्ट काउन्सिलसँग कसरी सहकार्य गरी एक अर्कामा समन्वयकारी भुमिका र भावनाको विकास गर्न सकिन्छ भन्ने बारेमा बताउनुभएको थियो । सो कार्यक्रममा महासंघका अध्यक्ष तथा पदाधिकारीज्यूहरुले खादा लगाएर डा. गुरुङज्यूलाई स्वागत गरिएको थियो । डा. गुरुङज्यूले स्वागत पश्चात महासंघले गरिरहेको कार्यलाई सराहना र स्वीकार गर्दै कसरी आत्मिय सम्बन्ध स्थापना गरी आगामी दिनहरुमा हातेमालो गरेर ख्रीष्टियन समुदायको हितको लागि एक भई संयुक्त आवाज लिएर अगाडी बढन सकिन्छ भन्ने बारेमा आफनो धारणा राख्नुभएको थियो भने अन्तिम समापन प्रार्थना सह–कोषाध्यक्ष पा. इन्द्र कुमार बस्नेतज्यूले गर्नुभएको थियो ।    

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd