धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

महासंघको खेलकुद बिभागको म्याराथन दौड कार्यक्रम

 

पौष ६, २०७६ राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल अन्तर्गत खेलकुद विभागको आयोजनामा म्याराथन दौड सम्पन्न भएको छ । संचालन केन्द्रिय सदस्य तथा केन्द्रय युवा विभाग सहप्रमुख ए. दिनेश कन्दङवाले गर्नुभयो र उत्साहको बचन बरिष्ठ सहअध्यक्ष डा. फिलेमोनले बाड्नुभएको थियो ।

   

प्रभु येशू ख्रीष्टको जन्मदिन (ख्रीष्टमस) को पूर्व सन्ध्यामा खेलकुद विभागले आयोजना गरेको दौडमा उपत्यकाका विभिन्न मण्डलीको सहभागिता रहेको थियो । वरिष्ठ मानव अधिकारकर्मी चरण प्रसाईंले रिवन काटेर म्याराथन दौडको औपचारिक उद्घाटन गर्नुभयो।

  उहाँले ख्रीष्टमसको अवसरमा राष्ट्रिय ख्रीष्टियन महासंघले आयोजना गरेको कार्यक्रमको सफलताको कामनासँगै ख्रीष्टमसको शुभ अवसरमा समस्त नेपाली ख्रीष्टियनहरुमा शुभकामना व्यक्त गर्नुभयो । खेलकुद विभागका प्रमुख पास्टर करण सिलवालले पूर्व घोषित महासंघको सप्ताहव्यापी ख्रीष्टमस कार्यक्रम अनुसार आयोजित म्याराथन दौडले कार्यक्रम व्यवस्थित र उपलब्धिमूलक भएको बताउँदै खेलकुद क्षेत्रमा महासंघ मार्फत नयाँ कार्य गर्न थप उर्जा मिलेको बताउनुभयो । बिहान ७ बजे काठमाडौंको बानेश्वरस्थित एभरेष्ट होटल अगाडी भेला भएर सुरु भएको म्याराथन दौड माइतीघर मण्डला, सिंहदरबार, पद्मोदय मोड हुँदै भृकुटीमण्डपमा पुगेर समापन भएको थियो । समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रिय ख्रीष्टियन महासंघका अध्यक्ष सि. बि. गहतराजले खेलकुद विभागले आयोजना गरेको म्याराथन दौड, महासंघका लागि नयाँ अभ्यास भएको र ख्रीष्टमसको सन्देश सुनाउने नयाँ तरिका महासंघले अवलम्बन गरेको बताउनुभयो । अध्यक्ष गहतराजले म्याराथन दौड सुरुवात मात्र रहेको र आगामी वर्ष यस अभियानलाई अझै प्रभावकारी ढंगले अघि बढाउने बताउनुभयो । देश नै ख्रीष्टमय भएको भन्दै अध्यक्ष गहतराजले देशभर विभिन्न मण्डली, संघ संस्थाले ख्रीष्टमसको अवसरमा आयोजना गरेको कार्यक्रमको सफलताको कामना समेत गर्नुभयो । म्याराथन दौड भृकुटीमण्डपमा पुगेर सबै सहभागीलाइ धन्यबाद दिएर उपाध्यक्ष पा. कृष्ण परियारले अन्तिम प्रार्थनाको गरी समापन गर्नुभएको थियो ।

         

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd