धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

महासंघको केन्द्रिय समितिको बैठक सम्पन्न

मंसिर ०८, २०७६ राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको अध्यक्ष सी.वी.गहतराजको अध्यक्षतामा केन्द्रिय कार्यालय सातदोबाटोमा सम्पन्न भएको छ । सचिव पा. प्रेम कार्कीले संचानल गर्नुभएको उक्त बैठकमा नेपाली ख्रीष्टियन काउन्सिल हङकङ लिमेटेडका सल्लाहकार पा. युक्तमान गुरुङ र कोषाध्यक्ष हिम बहादुर गुरुङको विशेष उपस्थिती रहेको थियो । महासंघको प्रवासी तथा गैरआवासीय विभागले हङकङमा गरेको प्रथम शिखर सम्मेलन बारे सहअध्यक्ष पा. तेजमान तामाङले बैठकमा जानकारी गराउनुभयो साथै बैठकमा केन्द्रिय सदस्य अनिल राईले क्वायर टिमको ब्यवस्थापन बारे, केन्द्रिय युवा विभाग प्रमुख मुकेश मोक्तानले मोटरसाइकल ¥याली बारे र केन्द्रिय सदस्य पा. करण सिलवालले म्याराथन दौडको तयारी बारे जानकारी गराउनुभएको थियो भने कोषाध्यक्ष सुशिला खड्काले ख्रीष्टमस खर्च ब्यवस्थापन एवम् भेटी संकलन बारे जानकारी गराउनुभयो । उक्त बैठकले प्रवासी तथा गैर आवासीय विभाग गठन साथै महादेशीय प्रमुख सद्भावदुतलाई मनोनयन गरी केन्द्रिय समितिले अनुमोदन गरीएको छ । बैठकलाई पा. सोनम टि काबोले अन्तीम प्रार्थना गरी समापन गर्नुभएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd