धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

महासंघको केन्द्रिय समितिको बैठक सम्पन्न

कार्तिक ०४, २०७६, काठमाडौं ! राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको अध्यक्ष सि.बि.गहतराजको अध्यक्षतामा करुणा क्याफे जावलाखेलमा बसेको केन्द्रिय समितिको बैठकले अधिवक्ता पाष्टर बुद्ध घिसिङलाई सर्वसम्मतिका साथ कानूनी सल्लाहकारमा मनोनयन गरिएको छ । त्यसै गरी यस वर्ष अर्थात २०७६ सालको प्रभु येशू ख्रीष्टको जन्मत्सव (ख्रीष्टमस)लाई हर्सोल्लासका साथ साता ब्यापक रुपमा विभिन्न कार्यक्रमहरु गर्ने र डिसेम्बर २५ तारिखका दिन उपत्यकाका मण्डलीहरुको व्यापक सहभागितामा नेपाल राष्ट्रका विशिष्ट तथा उच्च ओहोदाका व्यक्तित्वहरु समेतको विशेष ख्रीष्टिमस कार्यक्रम राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा गर्ने निर्णय पनि गरिएको छ । सो साता ब्यापक रुपमा गरिने कार्यक्रमहरुमा सबै मण्डलीहरुको प्रार्थना सहित सक्रिय सहभागिताको लागि बैठकले अनुरोध गरेको छ साथै महासंघका वरिष्ठ सहअध्यक्ष रेभ.डा.फिलेमोन क्षेत्रीको संयोजकत्वमा ख्रीष्टमस महोत्सव २०७६ मुल समारोह समिति गठन गरिएको छ ।

महासंघको विभिन्न विभागहरुलाई व्यवस्थित तथा सक्रिय पार्नका लागि उपमहासचिव पा. धनराज घिमिरेले तयार पारी मिति २०७६ जेष्ठ २५ गतेका दिन बसेको विशेष समितिको बैठकमा पेश गरेको विभाग सञ्चालन सम्बन्धी निर्देशिका २०७६ लाई सचिव पा. प्रेम कार्कीले पारित गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिका साथ पारित ग¥यो । उपमहासचिव तथा प्रवक्ता रेभ.पा. उद्धव चिमोरियले सञ्चालन गर्नुभएको बैठकमा सबै केन्द्रिय सदस्यहरुले खुला तथा सक्रिय रुपमा अ–आफ्नो विचार तथा मन्तब्य राख्नु भएको थियो साथै छलफलमा भाग सक्रिय रुपमा भाग लिनु भएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd