धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

महासंघको केन्द्रिय समितिको बैठक सम्पन्न

१८ फागुन २०७४, ललितपुर । आज राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको अध्यक्ष सि.वि. गहतराजज्यूको अध्यक्षतामा केन्द्रिय समितिको बैठक सम्पन्न भएको छ । बैठकमा संयुक्त रुपमा हुन लागेको पुनरुत्थान (ईष्टर) महोत्सव–२०७४ लाई भव्य रुपमा सम्पन्न गराउन सबै मण्डलीहरुलाई सहभागी हुनको लागि अनुरोध गरिएको छ । त्यसैगरी संयुक्त ईष्टर मनाउनका लागि उपमहासचिव पा. चन्द्रमान नेपालीज्यूको संयोजकत्वमा गठित पाँच सदस्यीय टोलीले समन्वयकारी भुमिका निभाउनु भई सफल गराउनु भएकोमा स–धन्यवाद प्रस्ताब पारित गरिएको छ । त्यस्तै महासंघको कोषलाई प्रभावकारी ढंगबाट संचालन गर्नको निम्ति सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्न कोषध्यक्ष पा. धन बहादुर थापा (आमेन) ज्यूले अनुरोध गर्नुभएको थियो । बैठकमा सह-अध्यक्ष डा. सरिता थापा, उपाध्यक्ष पा. जीत बहादुर भित्राकोटि, उपाध्यक्ष रेभ. रेन्जी लामा, सचिव पा. किरण दास, सल्लाहकार पा. सोनाम टि काबो सह-काेषाध्यक्ष पा. इन्द्र कुमार बस्नेत, केन्द्रिय सदस्य पा. ख्रीष्ट भक्त मर्हजन लगायतका पदाधिकारीज्यूहरुले आ–आफ्नो भनाई राख्नु भएको थियो । सह-अध्यक्ष रेभ. शामुएल सोदेम्बाज्यूकोे प्रार्थनाबाट शुरु भएको बैठकको संचालन महासचिव पा. पदमनाथ पराजुलीले गर्नुभएको थियो भने अन्तिम आशिषको प्रार्थना सल्लाकार पा. सोनाम टि काबोज्यूले गर्नुभएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd